जेलमा रहेका रेशम चौधरीले गराए बर्दिया-२ बाट मनोनयन दर्ता

रेशम चौधरी

२०७२ सालमा आठ जनाको ज्यान जाने गरी कैलालीको टीकापुर घटनामा दोषी ठहर भएका रेशम चौधरीले बर्दिया क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका छन् ।

उनी २०७४ सालको चुनावमा जनता समाजवादी पार्टीको तर्फबाट कैलाली-१ बाट निर्वाचित भएका थिए । टीकापुर घटनाको मुद्दाका कारण चुनाव जितेर पनि संसद प्रवेश गर्न नपाएका चौधरी अहिले डिल्लीबजार कारागारमा छन् ।

उनले कारागारिभत्रबाटै नागरिक उन्मुक्ति पार्टी दर्ता गराएका थिए । सोही पार्टीबाट अहिले उनी उम्मेदवार बनेका हुन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार