नागरिक उन्मुक्ति पार्टीका दुई उम्मेदवारको उम्मेदवारी खारेज

लक्ष्मण थारु र रेशम चौधरी
प्रकाशित : :

४ मंसिरमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दिएका नागरिक उन्मुक्ति पार्टीका दुई उम्मेदवार लक्ष्मण थारु र रेशम चौधरीको उम्मेदवारी खारेज भएको छ ।

यी दुवैको उम्मेदवारी खारेज हुनुको कारण चाहिँ एउटै हो ।

२०७२ सालमा टीकापुरमा भएको हिंसात्मक घटनामा दोषी पाइएकाले कैद सजायँ तोकिएकाले यी दुईको उम्मेदवारी खारेज भएको हो । चौधरीले अहिले कैद सजाय भोगिरहेका छन् भने थारु फरारको सूचीमा छन् ।

थारुले कैलाली क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिएका थिए । चौधरीले बर्दिया २ बाट उम्मेदवारी दिएका थिए । दुवैले वारेसमार्फत् उम्मेदवारी मनोनयन दर्ता गराएका थिए ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट