SKIP THIS

धनगढी उप-महानगरपालिका

निर्वाचन आयोगले भन्यो, ‘कर्मचारी र शिक्षक प्रचार सामग्रीमा लाइक र कमेन्ट समेत नगर्नू’

Election Commission Nepal

सरकारी कर्मचारी र शिक्षकले उम्मेदवारसँग फोटो खिचेर सामाजिक सञ्जालमा राखे निर्वाचन आयोगले कारबाही गर्ने भएको छ ।

निर्वाचन आचारसंहिता २०७९ को अनुगमन गर्दा कतिपय सरकारी कर्मचारी तथा शिक्षक/प्राध्यापकहरूले राजनीतिक दल र उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न भएको पाइएको भन्दै आयोगले कडा निर्देशन दिएको हो ।

प्रचारप्रसारमा संलग्न कर्मचारी र शिक्षकहरूले उम्मेदवारसँग तस्बिर खिचाउने, बधाई र शुभकामना दिने, राजनीतिक दल र उम्मेदवारका प्रचार सामग्रीलाई शेयर र लाइक गर्ने गरेका घटनाहरू अनुगमनका क्रममा पाइएकाले आयोगले कारबाही सुरु गरेको जानकारी दिएको छ ।

आचारसंहितामा ‘कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने र सामाजिक सञ्जालमा राजनीतिक दल वा उम्मेदवारको पक्ष विपक्षमा कुनै सन्देश, सूचना, प्रचारप्रसार सामग्री पोष्ट वा सेयर गर्न वा सामाजिक सञ्जालमार्फत् मत माग्न नहुने व्यवस्था गरिएको छ।

निर्वाचन आयोगले भन्यो, कर्मचारी र शिक्षक प्रचार सामग्रीमा लाइक र  कमेन्ट समेत नगर्नू

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार