कैलाली ५ मा भण्डारीलाई केरा, ओझाले पाए चुनाव चिह्न माछा

कैलाली ५ मा भण्डारीलाई केरा ओझाले पाए चुनाव चिह्न माछा

कैलाली क्षेत्र नम्बर ५ मा प्रतिनिधी सभा तर्फ स्वतन्त्र उम्मेदवारी दिएका पुर्वराज्य मन्त्री पुस्कर नाथ ओझाले चुनाव चिन्ह माछा पाएका छन् । आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधीसभा तथा प्रदेशसभाको निर्वाचनका लागी आज उम्मेदवारी फिर्ता तथा चुनाव चिन्ह बितरण गरिएको छ ।

सोही अनुसार कैलाली क्षेत्र नम्बर ५ मा प्रतिनिधी सभा तर्फ स्वतन्त्र उम्मेदवारी दिएका ओझाले चुनाव चिन्ह माछा पाएका हुन् ।

२०७४ सालको चुनाबमा आरजु राणालाई हराउन भुमिका खेलेको आरोपमा काँग्रेसबाट कार्वाहीमा परेका थिए । उनले यस पटकको चुनाव कैलाली क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिएका छन् ।

यस्तै कैलाली ५ ख बाट स्वतन्त्र उम्मेदवारी दिएका क्षितिज भण्डारीले चुनाव चिन्ह केरा पाएका छन् । उनले आरजुका स्वकीय सचिब प्रकाश देउवा बिरुद्ध कैलाली प्रदेश सभा २ बाट उम्मेदवारी दिएका छन् । यस्तै भण्डारीले चुनाव प्रचार प्रसारमा लागेृको समेत बताएका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार