शेख रसेल कप चेसमा नेपालको मध्यम प्रर्दशन

शेख रसेल कप चेसमा नेपालको मध्यम प्रर्दशन
काठमाडौं : बंगलादेशको राजधानी ढाकामा जारी शेख रसेल कप अन्तर्राष्ट्रिय आमन्त्रण टिम चेस च्याम्पियनशीपमा नेपाली टिमले मध्यम प्रदर्शन गरिरहेको छ । बिहिबार साँझ सम्पन्न लिग चरणको पहिलो खेलमा भुटानलाई ४–० को हराउन सफल नेपाल शुक्रबार माल्दिभ्स संग २.५-१.५ ले पराजित भयो ।
भुटान विरुद्धको पहिलो खेलमा नेपालका फिडेमास्टर रिजेन्द्र राजभण्डारीले भुटानका कर्मा सोनामलाई हराए भने अर्का फिडेमास्टर बिलमलाल श्रेष्ठले विनोद राई माथि जित हात पारे । त्यसैगरी सिंगेश्वर दासले सोनाम छोदेन तथा राजेन्द्र बज्राचार्यले निदुप सांगेलाई पराजित गर्न सफल भए । 
दोश्रो राउण्डको खेलमा नेपालका सिंगेश्वर दासले माल्दिभ्सका अमन ईब्राहिम अहमदमाथी सानदार जित हात पारे भने फिडेमास्टर बिलमलाल श्रेष्ठले क्यान्डिडेटमास्टर मोहमद हसनसँग बराबरीको नतिजा निकाले । उता फिडेमास्टर रिजेन्द्र राजभण्डारी र राजेन्द्र बज्राचार्य क्रमशः फिडेमास्टर मुहम्मद सुहाउ एवं क्यान्डिडेटमास्टर अब्दुल रहमान अलीसँग पराजित हुन पुगे। 
दुई राउण्डको खेल सकिंदा बंगलादेश ४ अंकका साथ शिर्ष स्थानमा रहेको छ भने २ अंक बनाएको नेपाल दोश्रो स्थानमा उक्लेको छ ।  आयोजक बंगलादेश सहित नेपाल, भुटान, श्रीलंका, माल्दिभ्स र पाकिस्तानको सहभागीता रहेको प्रतियोगिता राउण्ड रोविन प्रणाली अनुसार दुई चरणमा सम्पन्न हुनेछ ।
पहिलो चरणमा उत्कृष्ट हुन सफल ३ टिमले सुपर लिगमा प्रवेश पाउनेछन् । सुपर लिगबाट प्रतियोगिताको विजेता निर्धारण हुनेछ । सुपर लिगमा प्रथम हुने टोलिले ४ हजार अमेरिकी डलर पुरस्कार प्राप्त गर्नेछन् । त्यसैगरी दोश्रो हुने टोलिले ३ हजार अमेरिकी डलर, तेश्रो हुने टोलिले २ हजार तथा चौथो स्थानमा रहने टोलिले १ हजार अमेरिकी डलर नगद हात पार्नेछन् । 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

100%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार