आफैलाई भोट हाल्न पाउने छैनन्, कैलाली ४ का सत्ता गठबन्धनका उम्मेदवार बलायर

बिरबहादुर बलायर

धनगढी : कैलाली क्षेत्र नम्बर ४ बाट सत्तारुढ गठबन्धनका साझा उम्मेदवार बनेका बिरबहादुर बलायर आफैलाई भोट हाल्न नपाउने भएका छन् ।

निर्वाचन आयोगल् मतदाता नामावली भएको क्षेत्रभन्दा बाहिर उम्मेदवार बनेका व्यक्तिलाई भोट हाल्न नपाउने व्यवस्था गरेकाले उनी आफैलाई मत दिन नपाउने भएका हुन् ।

निर्वाचन आयोगकाअनुसार समानुपातिक उम्मेदवारले समेत मतदान गर्न पाउने छैनन् । कांग्रेस सुदूरपश्चिमका सभापति समेत रहेका बलायरको मतदाता नामावली डोटीमा छ तर उनी कैलाली आएर चुनाव लडिरहेकाले भोट हाल्ने अधिकारबाट वञ्चित भएका हुन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार