कर्णालीको मतपत्र छपाइ सकियो, सुदूरपश्चिमको शुरू

Election Commission Nepal

काठमाडौं : जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडले करिब ५० लाख थान मतपत्र छपाइ कार्य सकेको छ । केन्द्रका प्रवक्ता चित्र आचार्यले नेपाल समाचारपत्रलाई दिएको जानकारीअनुसार हालसम्म करिब ५० लाख थान मतपत्र छपाइ पूरा भएको छ ।

केन्द्रले आइतबार दिउँसो कर्णाली प्रदेशका ८ जिल्लाको मतपत्र छपाइ सकेर आइतबार रातीबाट सुदूरपश्चिम प्रदेशको मतपत्र छपाइ शुरू गरेको जनाएको छ । कार्तिक २० गतेसम्म केन्द्रले साढे ४ करोड मतपत्र छपाइ गर्ने जनाएको छ । निर्वाचन आउन ३४ दिन बाँकी हुँदा केन्द्रले कर्णालीको मतपत्र छाप्न सकेर सुदूरपश्चिमको शुरू गरेको हो ।

प्रत्यक्षतर्फको फरकफरक उम्मेदवारले पाएका चिह्नको आधारमा मतपत्र छपाइ गरिनेछ । सुदूरपश्चिमको छपाइ पूरा गरेपछि आयोगले पठाएको डिजाइनको आधारमा अन्य प्रदेशको मतपत्र छपाइ शुरू गर्ने केन्द्रले जनाएको छ ।केन्द्रको सुरक्षण मुद्रणालयमा मतपत्र छपाइ भइरहेको छ । मतपत्रको छपाइको अवस्थाबारे जानकारी लिन शनिबार प्रमुख आयुक्त दिनेशकुमार थपलिया, आयुक्तलगायतको टोली केन्द्र पुगेको थियो ।

केन्द्रका प्रबन्ध सञ्चालक अनिलकुमार झाले आयोगका पदाधिकारीलाई छपाइको अवस्थाबारे जानकारी गराउँदै भन्नुभएको थियो– ‘आयोगले दिएको समयसीमाभन्दा अघि नै छपाइ सक्नेगरी तयारी गरिरहेका छौं ।’ उहाँका अनुसार करिब २ सय कर्मचारीले २४ सै घण्टा छपाइ जारी राखेका छन् ।आयोगले एक साताअघि सबै मतदान केन्द्रमा मतपत्र पु¥याउनेगरी तयारी थालेको थियो । छपाइ भएको मतपत्र केन्द्रमै प्याकिङ हुने र त्यहीँबाट ढुवानी गर्ने व्यवस्था गरिएको छ । आयोगले हाल समानुपातिक तर्फको मतपत्र ढुवानी गरिरहेको छ ।

त्यसै गरी देशभर प्रत्यक्षतर्फ २ हजार ४ सय १२ र प्रदेशतर्फ ३ हजार २ सय २४ उम्मेद्ववारको नामसहित मतपत्र छपाइ हुनेछ । करिब ३ दिनभित्र सुदूरपश्चिमको छपाइ सकेपछि आयोगले पठाएको डिजाइनको आधारमा केन्द्रले अन्य प्रदेशको मतपत्र छपाइ शुरू हुनेछ ।

निर्वाचन आयोगले तीन तहको सुरक्षा घेराभित्र मतपत्र छपाइ भइरहेको जानकारी दिँदै करिब तीन साताभित्र प्रत्यक्षतर्फको मतपत्र छपाइ गर्ने बताएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार