चुनाव, उम्मेदवार, शिक्षा प्रणाली, विश्वविद्यालय र उम्मेदवारको व्यवस्था

तेजजंग मल्ल

शिक्षाको अवस्था : विश्व इतिहासमा यस्तो मात्रै देश हो नेपाल । जहाँ व्यवस्था परिवर्तनका लागि थुप्रै आन्दोलन, जन आन्दोलन भाग १, २ लगायत माओवादीको शसस्त्र युद्ध आदि भए । यस यि व्यवस्था परिवर्तनका योद्धाहरु अधिकांस विद्यार्थी थिए । तिनलाई विद्यार्थी नेता पनी भनिन्थ्यो ।

तिनै विद्यार्थी नेताहरु देशको कार्यपालिका प्रमुख , विश्वविद्यालयको नेतृत्व, विद्यालयको नेतृत्व अहिले पनि गरिहेका छन् । भने तिनै विद्यार्थी नेताहरु झण्डै ८० प्रतिशत चुनावमा प्रतिनिधिका रुपमा उम्मेदवार हुँदै आएको यथार्थता हामी समक्ष छ ।

आदि काल देखिको राजतन्त्र र एक सय तिन वर्षे राणा शासन ढाल्न यि आन्दोलनले भूमिका निभाएको यथार्थ हो । राणा फालेर प्रजातन्त्र का लागी लडेको पार्टी र मजदुरहरुको संगठीत पार्टी भन्ने हरुले नेपालमा रहेका थुप्रै पार्टीहरुले व्यवस्था परिवर्तनमा विद्यार्थीको साहरा लिएर उनिहरको रगत बगाए । तर व्यवस्था परिवर्तन गर्न योगदान गर्ने तिनै विद्यार्थी नेताहरु विद्यार्थीका मुद्धामा २० बर्ष देखि अनविज्ञ छन् ।

ति पार्टीका विद्यार्थी संगठनका नेताहरु पछिल्लो अवस्थाका । तिनिहरु विद्यार्थी मुद्धा भन्दा चाकरीमा व्यस्त देखिन्छन् । जसका कारण विद्यार्थीले विश्व विद्यालय र विद्यालयका समस्याहरुको समाधान हुन छोडे । यस्तै विश्वविद्यालय र विद्यालयमा रहेको नेतृत्व कर्ताहरु ( विश्वविद्यालय, विश्वविद्यालय क्याम्पसको आंगिक क्याम्पस र विद्यालयमा रहेका नेतृत्व कर्ता , प्राध्यापकशिक्षक आदी ) उनिहरुले आफ्नो मन पर्ने सिद्धान्त अनुसार विद्यार्थीलाई भेदभाव गर्दै आएको वर्तमान परिस्थिति छ । जसको शिकास मेहेनती विद्यार्थीहरु भएको उदाहरण अनेकन छन् । गुनासो पोख्ने ठाउँको नेतृत्व कर्तापनी सोही अनुरुप हुँदा पिडा विद्यार्थीले भोगिरहेका छन् । यसको उदाहरण अनेकन छन् ।

नेपालमा पछिल्लो व्यवस्था परिवर्तन हुन पुर्व देशमा पुर्वीय संस्कृती अनुरुप शिक्षा प्रदान गरिन्थ्यो । तर माओवादी शसस्त्र युद्धका बेला हामीलाई ति पुस्तकहरु च्यात्न लगाईयो । बाल मनोविज्ञान च्यात्यौं , पढेनौं । तिनै नेतृत्व कर्ताले हामी विद्यालयमा पढ्दा शिक्षा प्रणाली वुर्गुवा शिक्षा पढ्न हुँदैन भन्दै हामी मध्येकतिलाई अभियानमा जवरजस्ती लगे । हामीलाई शिक्षाबाट बञ्चीत बनाए ।

त्यो परिस्थिति अनुरुप थिक भन्दै हामीले थिक भन्यौ । तर अहिले तिनै बुर्जुवा शिक्षा पढ्न भन्दै किताव च्यात्न लगाउँनेहरु संस्कृतमा श्लक सामाजिक सञ्जालमा लेख्छन् । हामी त्यो बुझ्दैनौ । संस्कृतमा श्लक लेख्नेहरुले वैज्ञानिक शिक्षाका नाममा कृस्चियन धर्मको प्रचार गरेका तथ्य नी बेलाबेला आईरहेका हुन्छन् । यो हाम्रो दुर्भाग्य हो ।

धर्मलाई छोडेर बाँकी सिद्धान्त तिर जाउँ । प्रजातन्त्र , लोकतन्त्र गणतन्त्र, संघिय गणतन्त्रमा हामी आई पुग्दा यो व्यवस्था परिवर्तनका लागी संर्घष गर्ने व्यक्तीहरु विद्यार्थी आन्दोलन बाट आएकाहरु कार्यपालिका प्रमुख देखि वर्तमान अवस्थाको आम निर्वाचनमा उम्मेदवार छन् । एक समयमा भनिन्थ्यो “एक कलमको तागत बराबर एक हजार बढी बन्दुक बराबर हुन्छ ।” तर एक गाउँ खाने कथा झै अहिले भएको छ । विद्यालय , विश्वविद्यालयमा वुर्जुवा शिक्षा पढ्न हुन्न भन्नेहरु नेतृत्व कर्ता छन् । उनिहरुले त्यहि वुजुर्वा शिक्षाको प्रचार गरिहेका छन् । विद्यार्थीलाई शिकाई रहेका छन् हालसम्म ।

तर अव समय परिपवर्तशिल छ । यो समयमा पनि तिनै व्यक्तीको मालीहुमाली छ । सवै क्षेत्रमा ति व्यवस्था परिवर्तनका लागी लडेका कम्तीमा ८० प्रतिशत विद्यार्थी नेताहरु अहिलेको आम निर्वाचनमा उम्मेदवार छन् । तर तिनिहरु सवै अहिले विद्यार्थीलाई र शिक्षालाई विस्रेका छन् । तिनि आवद्ध पार्टीका विद्यार्थी नेताहरु आफुलाई राजनिति पेसा हो भन्दै क्याम्पसमा हल्लिरहेका हुन्छन् । र विद्यालय र विश्वविद्यालयमा तिनै नेताहरु सरकारी छातबृत्ती हासिल गरिहेको यथार्थता हामी माझ छ ।

ति उम्मेदवारहरुले अहिले चुनाव आएको एक चोटी शिक्षा विद् , प्राध्यापक , शिक्षा प्रेमी र विद्यार्थीसंग बसेर शिक्षा प्रणालीका वारेमा छलफल गरेको देखिदैन् । र नै गर्ने नै छन् । यि उम्मेदवारले नचाहेको र नमागेका सुझाव दिनु हाम्रो कर्तव्य हो ।

अहिलेको शिक्षा प्रणाली  :

नेपाल अहिले संघिय प्रणलीमा चलिरहेको छ । सोही अनुरुप लगभग सवै प्रदेशमा विश्वविद्यालय छन् । कोही संघका र त कोही प्रदेशका सवश्वविद्यालय छन् । ति विश्वविद्यालयले आधुनिक शिक्षा विशेष गरेर विदेशि शिक्षाको अवलम्वन गरेका छन् । तर ति विश्वविद्यालयले यो शिक्षा प्रणाली नामका रुपमा मात्रै लागु गरेका छन् । यि विश्व विद्यालयमा व्यवसायिक शिक्षा प्रणालीका नामा घोगन्ते शिक्षा र माटो नसुवादो शिक्षा जवरजस्त ढंगले जवरजस्ती लादेका छन् । जसको मापदण्दका कारण विपन्न परिवारका विद्यार्थी त्यो शिक्षाबाट बञ्चित हुँदै आएका छन् , विश्वविद्यालयको नितिका कारण ।

घोगन्ते शिक्षालाई उजागर गर्नेहरु तिनै वुर्जुवा शिक्षा भन्दै गरिवका जनतालाई किताव च्यात्न लगाउने , आफ्ना छोराछोरीलाई विदेश पठाएर अहिले सामाजिक सञ्जालका शिक्षाको महत्व सम्झाउनेहरु छन् । अहिले विभिन्न विश्वविद्यालयमा विभिद् व्यवसाहीक शिक्षा अध्यापन भईरहेका छन् । त त्यो शिक्षा हाम्रो माटो सुहाउदो छैन् ।

नेपालका विश्वविद्यालयमा पढेर नेपालको माटो सुहाउँदो नहु्ँदा उत्पादिन जनशक्ती अरु देशका गयर आफ्नो श्रम बेचिरहेको छ । अर्कोतिर विपन्न परिवारका छोराछोरी त्यो शिक्षा हासिल गर्न पाएका छैनन् विश्वविद्यालय र नेपालको शिक्षा नितिका कारण । भने बालबालिका र युवाहरु संस्कार विहिन भएका छन् । विद्यालय स्तर वा आधाभुत शिक्षा प्रणालीमा संस्कृत र नैतिक शिक्षाको अभाव हुँदा देशका अनैतिक कार्य बढेका छन् ।

कस्तो हुनु पर्छ शिक्षा प्रणली ?

नेपाल आफुलाई जति सुकै वैदेशिक संस्कारको हिमायति ठानोस् । तर हाम्रो संस्कृती पुर्वीय संस्कृती हाम्रो समाजबाट बञ्चित हुन सक्दैन् । त्यसको उदाहरण गणतन्त्रवादी , नेपालको शिक्षा प्रणालीलाई वुर्जुवा शिक्षा भन्नेहरुका सामाजिक सञ्जालमा आउने संस्कृत श्लक बाटै प्रष्ट हुन्छ । त्यसैले हाम्रो पुर्वीय संकृती अनुरुप अनुसार हाम्रो शिक्षा प्रणली हुन आवश्यक छ । साथसाथै माटो सुवादो शिक्षा प्रणाली लागु हुन आवस्यक छ ।

पुर्व प्राथमिक देखि आधारभुत कक्षा सम्म संस्कृत र नैतिक शिक्षा अहिलेको शिक्षामा थप्न आवश्यक छ । भने स्थानिय तह अनुसार त्यो ठाउँको प्रयावरणको अनुसार छुट्टै पाठ्रयपुस्तक बनाएर पढाउन आवश्यक छ । जस्तो ः ग्रामिण क्षेत्रमा त्यो क्षेत्रमा मातृभाषा आधारित सो क्षेत्रको प्रयावरण र शहरी क्षेत्रमा प्रयावरण सहित लागुऔषद दुव्यसनीका वारेमा पाठ्यपुस्तक बनाएर पढाउन आवस्यक छ ।

भने माध्यमिक शिक्षामा विद्यार्थीलाई माटो सुहाउदो उनिहरुको क्षेमता अनुसारको शिक्षा दि आवश्यक छ । कृर्षिलाई प्राथमिकता दिएर । यस्तै विश्व विद्यालयमा स्तरको शिक्षा भने विद्यार्थीको आवश्यकता अनुसार वैज्ञानिक शिक्षा सञ्चालन गर्नु पर्छ । नकि विदेशि शिक्षा प्रणाली लागु गर्ने तर परम्परागत प्राध्यापक बाट शिक्षा दिन लगाउने ।

विदेशका विश्वविद्यालयको शिक्षा प्रणाली नेपालमा लागु गर्ने तर प्राध्यापकहरु उहि प्रणाली मा चल्ने , पाठ्यक्रम विदेशको प्रणाली लागु गर्ने तर विद्यार्थीलाई त्यहि घोगन्ते शिक्षा लागु गराउने । यो त अहिलेका ८० प्रतिशत विद्यार्थी आन्दोनलबाट आएका उम्मेदवारले एक चोटी शिक्षा विद, प्राध्यापक, विद्यार्थीबाट सल्लाह लिन आवश्यक छ कि छैन् ?

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार