परिवर्तन आफैबाट सुरु गरौँ !

तेजजंग मल्ल

तेजजंग मल्ल : एक समय थियो एक सिद्धान्त धारी पार्टीका सदस्यहरूले नेपाल को शिक्षा प्रणाली लाई बुर्जुवा शिक्षा भन्दै नपढ्न विद्यार्थी लाई उर्दी जारी गर्थे ।
तिनै उर्दी जारी गर्नेहरू अहिले विश्वविद्यालय का प्रमुख , परीक्षा नियन्त्रक, विभागीय प्रमुख, प्राध्यापक छन् । विद्यार्थी का उत्तर पुस्तिका जाँच गर्ने छन् ।

विश्वविद्यालय मा अन्तर्राष्ट्रिय शिक्षा प्रणाली लादेका छन् । जबरजस्त ढङ्गले । तर तिनको बुद्धि र विवेक तिनकै भाषामा त्यही बुर्जुवा शिक्षा प्रणाली छ । सोही अनुसार प्रश्न पत्र बनाउँछन् र सोही अनुसार एक हातमा पुस्तक एक हातमा उत्तर पुस्तिका अनि टेबुलमा गिलास त्यसभित्र (…) राखेर उत्तर पुस्तिका जाँच्छन् ।
अनि नियन्त्रण कार्यालय त्यसलाई नै ok मान्छ । र हजारौँ मेहनत गर्ने विद्यार्थी का सपनामा कुठाराघात गरिन्छ ।

समय अनुसार सिस्टम परिवर्तन भएर गरेर हुँदैन । व्यक्ति र उसको क्रियाकलाप परिवर्तन हुन पर्छ । नत्र लादेर नौ जवानको भविष्य माथि खेलबाड गर्ने कार्य नगरौँ । लादेर , लादन लगाएर परिवर्तन हुँदैन । परिवर्तन आफैबाट सुरु गरौँ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार