SKIP THIS

S.P.A  Collage

एकै दिन २ सय जना एमालेमा प्रवेश गराउँदै रानाले भने, ‘५ बर्षे कार्यकालमा थुप्रो विकासको थालनी भएको छ’

एकै दिन २ सय जना एमालेमा प्रवेश गराउँदै रानाले भने, '५ बर्षे कार्यकालमा थुप्रो विकासको थालनी भएको छ'

नेकपा एमालेका पोलिट्ब्युरो सदस्य तथा आसन्न निर्वाचनमा कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधीसभा उमेदवार नारदमुनी रानाले आफ्नो ५ बर्षे कार्यकालमा थुप्रो बिकास भएको बताएका छन् । धनगढी उप महानगरपालिका १ मा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै रानाले एमालेकै पालामा धनगढीमा बिकास निर्माणका कामहरुबो थालनी भएको बताएका हुन् ।

यहाँका ठुला योजना एमालेकै सरकारको पालामा शुरु भएका हुन् रानाले भने “मोहना अत्तरिया ६ लेन सडक, धनगढी ८ को सिटि हल, बेहडाबा मन्दिरमा बिभिन्न संरचना निर्माण, जोखर तालमा बजेट, हुलाकी सडक, सघन सहरी आयोजना, सघ्रांलय, ३ नम्बरको वाटर पार्क, फुलवारीमा आइटी स्मार्ट स्कुल, धनगढी माबीमा ३६ कोठे भवन मेरै पहलमा भएको हो र यस्ता ठुला योजना एमालेकै सरकारमा योजना परेका हुन्, यि योजना धनगढीमा ल्याउन मैले धेरै प्रयत्न गरेको थिए ।”

जनताले कतिबेला कहाँको बजेट आएको हो कसले ल्याएको हो भनेर अनुसन्धान गर्दा हुन्छ रानाले भने “मैले यहाँको बिकासका लागी धेरै योजना ल्याए, भनेजस्तै काम नभउको होलान, धनगढी उप महानगरपालिका १ को सडक निर्माण शुरु नहुनुमा उप महानगरले सडक छेउका संरचना खाली नगरेकै कारण हो अब सायद खाली हुन्छन अनी काम शुरु हुन्छ बजेट आइसकेको छ ।”

बिकासका लागी एमाले बाहेक कसैले गर्न नसकेको रानाले बताए । नेकपा एमालेका अध्यक्ष केपी सर्मा ओली प्रधानमन्त्री हुँदा गरेका काम छर्लगं छन् उनले भने “एक सय रुपयाँबाट बृद्धभत्ता शुरु गरेको एमालेले ४ हजार पुगायो, बुमिहिनलाई जग्गाधनी पुर्जा दिन एमालेले भुमी आयोग गठन गरी काम शुरु ग¥यो, एक बर्ष कोरोनाले हामीलाई सतायो त्यो बेला त्यहीमा हामी केन्द्रित भयौँ ।”

बिकास गर्ने एमाले, गरिबको पार्टी एमाले, देशभरी एकै दिन सयौँ अस्पताल, सडक शिलान्यास गर्ने नेकपा एमाले हो त्यस कारण एमालेका उमेदवार हाले देश हार्ने छ उनले भने “हाम्रो देशका गठबन्धनवाला कुर्सीका लागी नागरिकता बेच्न लागेका छन्, नदी बेच्न लागेका छन्, स्वाभिमान बेच्न लागेका छन् त्यस कारण नेपाली जनताको शिर ठाडो पार्न, देश जोगाउन सुर्यमा छाप लाउनुको बिकल्प छैन ।”

२ सय जना नेकपा एमालेमा प्रवेश

यस्तै, धनगढी उप-महानगरपालिका वडा नम्बर १ मा २ सय जना बिभिन्न पार्टी परित्याग गर्दै नेकपा एमालेमा प्रवेश गरेका छन् । पाटी वडा कमिटिले आयोजना गरेको पाटी प्रवेश कार्यक्रममा बाम लोकतान्त्रीक गठबन्धनका वडा नम्बर १ निर्वाचन परिचालन समिति सचिव राम कुमार घिमिरे नेतृत्वको सो टिम एमाले प्रवेश गरेको हो ।

केही दिनअघी औपचारिक रुपमा सत्ता गठबन्धन छोड्दै एमाले रोजेका घिमिरेले आज २ सय जना कार्यक्रताहरु सहित एमाले पोलिट्ब्युरो सदस्य तथा एमालेबाट कैलाली ५ का उमेदवार नारदमुनी रानाबाट टिका ग्रहण गर्दै एमाले प्रवेश गरेका हुन् । वडा नम्बर १ मा आज मात्रै २ सय जना नेकपा माओवादी र नेकपा एकिकृत समाजवादी छोडेर एमाले रोजेको घिमिरेले बताए । फेरी एमाले प्रवेश गर्ने बढ्ने उनको भनाई थियो ।

वडा कमिटिद्वारा आयोजित पाटी प्रवेश कार्यक्रममा कैलाली क्षेत्र नम्बर ५ का उमेदवार नारदमुनी राना, प्रदेशसभा ख का उमेदवार दुर्गा जोशी, पार्टी प्रदेश सचिव धर्म राज पाठक, केन्द्रिय निर्वाचन आयोगका सदस्य रण बहादूर चन्द, जिल्ला उप सचिव लोकेन्द्र शाही लगायतले टिका लगाएर प्रवेश गराएका हुन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार