कार्तिक ४ गते टेम्पल रिसोर्ट धनगढी जाऊँ, साँझ ५ बजे देखी ‘दिवाली फेस्ट’को आयोजन हुँदै (भिडियो सहित)

कार्तिक ४ गते टेम्पल रिसोर्ट धनगढी जाऊँ, ५ बजे देखी 'दिवाली फेस्ट'को आयोजन हुँदै (भिडियो सहित)

धनगढी : धनगढीमा तिहारलाई लक्षित गर्दै दिवाली फेस्टको आयोजना हुने भएको छ । एस पिपुल एजुकेसन एण्ड भिसा सर्भिसेजद्धारा प्रस्तुत दीवाली फेस्ट यही कार्तिक ४ गते साँझ ५ बाजेबाट धनगढी स्थित आफ्नो घर टेम्पल रिसोर्टमा हुने भएको हो ।

उक्त कार्यक्रममा नेपाल लगायतका विभिन्न देशहरूमा गायन तथा सङ्गीत क्षेत्रमा दुई दशक लामो अनुभव बोकेका व्यक्तित्वहरूको प्रस्तुति रहने छ । जस अन्तरगत साँझ ५ बजे देखी करिब ६ बजे सम्म स्थानीय नव कलाकारहरूको प्रस्तुति रहने आयोजकले जनाएको छ ।

आयोजकका अनुसार, ६ बजे देखी ७ बजे सम्म दीपक आरजेको प्रस्तुति रहने छ । भने ७ बजे पछि ९ बजे सम्मको समय कार्यक्रमको मुख्य आकर्षकका रूपमा रहेको राडस स्टुडियोको राजेश घिमिरे नेतृत्वको व्याण्डको प्रस्तुति रहने छ । यस्तै, ९ बजे पछिको समयमा भने डिजे कल्पित अर्थात् कल्पित हमालको प्रस्तुति रहने जनाइएको छ ।

कार्यक्रममा सहभागी हुनको लागी आतिथ्य सत्कारको जिम्मा पाएको तथा कार्यक्रम आयोजना हुने स्थान आफ्नो घर टेम्पल सिसोर्टको मूल गेटमै ४ सय ९९ रुपैयाँको टिकेट किन्न पर्ने छ । उक्त टिकेट कार्तिक ४ गते दिउँसो धनगढीका विभिन्न स्थानमा समेत पाइने छ ।

यस्तै, धनगढीका ऊर्जाशील युवाले आयोजना गर्न लागेको साङ्गीतिक कार्यक्रम दिवाली फेस्टमा १८ वर्ष माथिका जुनसुकै उमेर समूहका व्यक्तिहरू पनि रमाउन सक्ने सौहार्द पूर्ण वातावरण सिर्जना गर्ने आयोजकको दाबी रहेको छ ।

कार्यक्रमको टाइटल स्पन्सर नेपाल आइस, नेपालकै पहिलो प्राकृतिक जौ बाट बनेको बियर रहेको छ । यो सँगै कार्यक्रमको आयोजकमा सिएनइ (क्रोम्याटाटिक नेपाल ईन्टरटेनमेन्ट) र ढाका टोपी फिल्मस रहेको छ ।

यस्तै, हस्पीटालीटी पाटनर आफ्नो घर टेम्पल रिसोर्ट धनगढी, फोटोग्राफी पार्टनर निका क्रियसन, सहयोगी म्युजीकसप धनगढी तथा प्रायोजकहरू मा ज्युरीक भोड्का, बिग मास्टर वाइन, हाइजर, प्रिफ ट्याक्टर, महालक्ष्मी इन्डस्ट्रीज र सुजुकी स्कुटर रहेको आयोजकले जनाएको छ भने सबैलाई धन्यवाद ज्ञापन गर्दै सम्पूर्ण दर्शकहरूलाई कार्यक्रममा उपस्थित भएर संगितको धुनमा रमाउन आग्रह गरिएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार