SKIP THIS

S.P.A  Collage

व्यवसायीको मनोमानीका कारण बजारमा तरकारीको मूल्य आकाशिँदै

तरकारीको मूल्य

व्यवसायीको मनोमानीका कारण बजारमा तरकारीको मूल्य आकाशिँदै गएको छ। महँगी नियन्त्रण गर्ने निकायको उदासीनताले सर्वसाधारण मारमा पर्न थालेका छन्।

चाड, पर्वको मौसममा तरकारीको मूल्य आकाशिन थालेपछि  सर्वसाधारण उपभोक्ता मारमा खेप्दै आइरहेका छन्। हरेक वर्ष पर्व त्योहारको समयमा तरकारी मूल्य आकाशिने गरेको छ।

यस पटक आलु, कोभी, भन्टा, हरियो सागलगायत तरकारीको मूल्य वृद्धि भएसँगै तरकारीको खपत पनि घटेको तरकारी व्यापारीले बताएका छन्।

सदरमुकामलगायत विभिन्न बजारमा किसानबाट न्यून मूल्यमा खरिद गरेर मनोमानी ढङ्गले तरकारी व्यवसायीले आफू खुसी मूल्य तोकेर बिक्री गरिरहेका छन्।

मूल्य नियन्त्रण गर्ने निकायले तरकारी बजारमा अनुगमन नगर्नाले व्यवसायीको मनोमानी झन् बढिरहेको स्थानीय श्यामचन्द्र झाले बताउनुभयो।

तरकारी व्यवसायीको मनोमानीका तथा नियन्त्रण गर्ने निकायको मौनताका कारण बजारमा तरकारी खरिद गर्न नसकिने अवस्थामा पुगेको दुखेसो उहाँले पोख्नुभयो। तरकारी खरिद गर्न बजारमा जाँदा तरकारी व्यसायीले किसानबाट खरिद गरेको मूल्यभन्दा दुई गुनाले बढी उपभोक्तासँग असुल्ने गरेको स्थानीय गोविन्द चौधरीले बताउनुभयो।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार