गोला तानेर परेको नम्बरमा ओलीले गरे फोन

गोला तानेर परेको नम्बरमा ओलीले गरे फोन

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नम्बर टिपाएका सर्वसाधारणमध्ये गोला तानेर परेका नम्बरमा फोन गरेर कुराकानी गरेका छन्। शुक्रबार ओलीले पार्टी कार्यालय च्यासलबाट सर्वसाधारणसँग कुराकानी गरेका छन्।

ओलीले आगामी चुनावलगायत समसामयिक विषयमा कुराकानी गरेको उनको सचिवालयले जनाएको छ। ओलीसँग कुराकानी गर्न एक लाख ७१ हजार सात सय ८३ जनाले नाम र नम्बर टिपाएको ओलीको सचिवालयको दाबी छ।

ओलीले ट्वीट गर्दै उत्साहपूर्ण सहभागीता जनाएकोमा धन्यवादसमेत दिएका थिए।

ओलीले प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पनि एजेन्डामा केन्द्रित रहेर ‘लाइभ डिबेट’ को प्रस्ताव गरेका थिए। तर उक्त प्रस्तावबारे प्रधानमन्त्री देउवाले कुनै प्रतिक्रिया दिएका थिएनन्।

तर कांग्रेसका महामन्त्री गगन थापाले भने ओलीको प्रस्ताव स्वीकार गर्दै लाइभ डिबेट गर्न सभापति देउवालाई आग्रह गरेका थिए। ओलीले आफूसँग लाइभ डिभेट गर्ने हो भने आफू तयार नै रहेको थापाको भनाइ थियो।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार