कार्यकर्तालाई देउवाको निर्देशन, ‘माथि हामी मिल्यौँ, तल तपाईंहरू झन् बढी मिल्नुस्’

कांग्रेस कार्यकर्तालाई सभापति देउवाको चेतावनी : गठबन्धनविरुद्ध बोल्नेलाई पनि पार्टीले कारबाही गर्छ

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनका सबै शीर्ष नेताहरु मिलेको बताउँदै कार्यकर्ताहरुलाई पनि मिल्न निर्देशन दिएका छन् । हिजोका कुरा गरेर केही नपाइने बताउँदै देउवाले कार्यकर्ताहरुलाई मिलेर गठबन्धनका उमेदवारलाई जिताउन निर्देशन दिएका हुन् ।

“यहाँ हिजोका कुरा ल्याएर केही पाइनेवाला छैन । हिजोका कुरा सम्झिएर हुनेवाला केही छैन । सबै रिसाएका छन्, गठबन्धन बन्दै गए सबैको पालो आउँछ,” पोखरा सभागृहमा आयोजित प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षणमा बोल्दै देउवाले भने, “सरकार बने न पालो आउँछ । हामी माथि मिल्यौँ, तल किन मिल्न नहुने ? झन् बढी मिल्नुस् ।”

देशमा कुनै दलको एकल बहुमत नआउने भएका कारण गठबन्धन गरिएको देउवाले बताए । गठबन्धनमा कुनै किसिमको तिक्तता ल्याउन नहुने उनको भनाइ छ ।

“कुनै एउटा दलको बहुमत आउँदैन । त्यसैले गठबन्धन आवश्यक छ । आज देउवा प्रधानमन्त्री छ, भोलि प्रचण्ड, माधवजी हुनुहोला,” देउवाले भने, “हिजोको कुरा गरेर काम छैन । अहिलेको चुनाव धेरै महत्वपूर्ण छ । यो चुनावले देशलाई सुदृढीकरण गर्नेछ ।”

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार