धनगढीबाट गएको ज्येष्ठ नागरिकको टोली मुक्तिनाथ धाममा

धनगढीबाट गएको ज्येष्ठ नागरिकको टोली मुक्तिनाथ धाममा

धनगढीबाट गएको ज्येष्ठ नागरिकको टोली मुक्तिनाथ धाम पुगेको छ । धनगढी उपमहानगरपालिकाले तीर्थ यात्राका लागि एक सय बढी ज्येष्ठ नागरिकलाई मुक्तिनाथ लगेको हो ।

उपमहानगरपालिकाको वार्षिक स्वीकृत कार्यक्रमअनुसार नगर क्षेत्रका १९ वटै वडाबाट एक सय ४० जना ज्येष्ठ नागरिकलाई बिहीबार मुक्तिनाथ धाम धार्मिक तीर्थ भ्रमणमा लगेको हो । उनीहरूलाई नगर प्रमुख गोपाल हमाल, उपप्रमुख कन्दकला रानासहित वडाध्यक्षहरूले संयुक्त रूपमा तीर्थ यात्रा भ्रमणको सफलताको कामना गर्दै बिहीबार दिउँसो धनगढीबाट खादा र टीकासहित बिदाइ गरेका थिए ।

सो टोली आज शनिवार मुक्तिनाथ पुगेको मुक्तिनाथ यात्राको व्यवस्थापन गरिरहेको लक्ष्मीनारायण मन्दिरका हरि प्रसाद न्यौपानेले बताए । उनले यात्रामा एकजना बाहेक अन्यलाई कुनै समस्या नआएको बताए ।

यता नगर प्रमुख हमालले प्रत्येक वडाबाट कम्तीमा पाँच जनाका दरले छनोट गरिएको बताउदै मुक्तिनाथ यात्राका लागि समाजमा विशिष्टकृत योगदान गरेका तर ज्येष्ठ नागरिकको परिभाषाभित्र पर्ने व्यक्तिहरूलाई भ्रमणमा समेटिएको बताए ।

उपमहानगरपालिकामा सेवारत रहेर चालु आर्थिक वर्षभित्र अवकाश प्राप्त गर्ने कर्मचारीहरू पनि भ्रमणमा गएका छन् । भ्रमणको व्यवस्थापनको काम लक्ष्मीनारायण मन्दिरले गरेको छ भने सहजीकरणका लागि उपमहानगरपालिकाको स्वास्थ्य शाखा र सामाजिक विकास शाखाका कर्मचारीलाई पठाइएको उपमहानगरपालिकाले जनाएको छ ।

 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार