SKIP THIS

S.P.A  Collage

सुदूरपश्चिमका आशिष महर भ्वाईस अफ नेपालको नकआउट राउण्डमा प्रवेश

सुदूरपश्चिमका आशिष महर भ्वाईस अफ नेपालको नकआउट राउण्डमा प्रवेश

धनगढी : हिमालय टेलिभिजनबाट प्रसारण भइरहेको चर्चित रियालिटी सो ‘दि भ्वाइस अफ नेपाल सिजन–४’ मा अछामका आशिष महर नकआउट राउण्डमा प्रवेश गरेका छन् ।

ब्लाइन्ड अडिसनमा रामचन्द्र काफ्लेको ‘हिमाल हिंउ पडिगयो ’ बोलको गीत गाएर चारै कोचलाई घुमाउँदै उनले टिम प्रमोदलाई छनोट गरेका थिए ।

अछाम मेल्लेख गाउँपालिकाको दोगडा घर भएका महर शनिवार भएको ब्याटल राउन्डमा टिकाबहादुर मगर सँग ब्याटल लडेका थिए । उक्त राउन्डमा टिम प्रमोद छनोट गरेका थिए । टिम प्रमोदले छनोट गरे सङ्गै महर नकआउटमा प्रवेश गरेका हुन् ।

ब्याटलको अन्तिम चरणमा राजु र प्रविशाले टिम प्रमोदबाट बाहिरिएका टिकाबहादुर मगरलाई स्टिल गरेका थिए । मगरले राजुको टिमलाई छनोट गरेका थिए ।

‘ब्लाइन्ड अडिसन’बाट प्रत्येक कोचले आफ्नो टिममा १६ जना प्रतियोगी लिएका थिए । ‘दि भ्वाइस अफ नेपाल सिजन–४’ मा कोचको रूपमा राजु लामा, प्रमोद खरेल, राजेश पायल राई र प्रविशा अधिकारी रहेका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार