SKIP THIS

S.P.A  Collage

खेलाडीलाई प्रोत्साहित गर्दै कैलाली उद्योग वाणिज्य संघ, पदक विजेता खेलाडीहरूलाई गर्‍यो सम्मान

खेलाडीलाई प्रोत्साहित गर्दै कैलाली उद्योग वाणिज्य संघ, नवौँ राष्ट्रिय खेलकुदमा पदक विजेताहरूलाई गर्‍यो सम्मान

धनगढी : पोखरामा सम्पन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका पदक विजेता कैलालीका प्रशिक्षक तथा खेलाडीहरूलाई कैलाली उद्योग वाणिज्य संघले सम्मान गरेको छ । संघले बुधबार एक कार्यक्रमको आयोजना गर्दै पदक जित्ने खेलाडी तथा प्रशिक्षकलाई दोसल्ला तथा प्रमाणपत्रद्वारा सम्मान गरेको हो ।

प्रतियोगितामा १० गोल्ड, १० रजत र ४३ कांस्य गरी कुल ६३ पदक जित्न सफल सुदूरपश्चिम प्रदेश प्रतियोगितामा ७ औँ स्थान ओगट्न सफल भएको थियो ।

नवौँ राष्ट्रिय प्रतियोगितामा कैलालीबाट प्रतिनिधित्व गर्ने खेलाडीले प्रतियोगितामा कराँते र फेन्सिङमा गोल्ड मेडल जित्न सफल भएका थिए । त्यस्तै उसुमा ३ रजत, बक्सिङ १ रजत, रग्बी, खोखो, ब्याडमिन्टन १/१ रजत मेडल प्राप्त गरेका थिए ।

सो अवसरमा बोल्दै उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले खेलकुद क्षेत्र निकै महत्त्वपूर्ण क्षेत्र भएकाले निजी क्षेत्रले सहयोग गर्दै आएको बताए । खेलकुद क्षेत्रमा राज्यले लगानी गर्न नसक्दा निजी क्षेत्रले राज्यको भूमिका निर्वाह गर्दै आएको उनको भनाइ छ । आगामी दिनमा खेलकुद क्षेत्रसँग समन्वय सहकार्य गरेर अगाडि बढ्ने उनले बताए ।

कार्यक्रमको स्वागत मन्तव्य संघका वरिष्ठ उपाध्यक्ष पुष्करराज ओझाले गरेको कार्यक्रमको सञ्चालन संघका सदस्य प्रकाश चन्दले गरेका थिए । नवौँ राष्ट्रिय प्रतियोगितामा समावेश खेल मध्ये ३६ खेलमा सुदूरपश्चिम प्रदेशबाट ७२२ जना खेलाडीको सहभागिता रहेको थियो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार