२४ घण्टामा थपिए १६ जना कोरोना संक्रमित

सेती अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु
फाइल तस्बिर

नेपालमा पछिल्लो २४ घण्टामा थप १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाबाट पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन। हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार १९ पुगेको छ।

बुधबार ३५ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर ६४१ जना कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

गत २४ घण्टामा देशभर ५५४ पीसीआर तथा ५६३ एन्टिजेन परीक्षण भएको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार