आयोगले पठाउन थाल्यो स्वस्तिक लगायत विभिन्न ५७ प्रकारका निर्वाचन सामग्री (फोटो फिचर)

५७ प्रकारका निर्वाचन सामग्री

आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले निर्वाचन सामग्री ढुवानी सुरु गरेको छ । शुक्रबार आयोगले मतपेटिका, स्वस्तिक लगायत विभिन्न ५७ प्रकारका निर्वाचन सामग्री ढुवानी सुरु गरेको हो।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार शुक्रबार सुदूरपश्चिम, कर्णाली र प्रदेश नं १ का कतिपय दुर्गम जिल्लाहरूमा निर्वाचन सामग्री पठाउन थालिएको हो ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आउन अब २३ दिन मात्रै बाँकी रहँदा आयोगले सामग्री पठाउने काम तीव्र रुपमा गरेको पनि जनाएको छ ।

प्रवक्ता पौडेलका अनुसार निर्वाचन सामग्रीहरू जिल्ला निर्वाचन कार्यालयमा पुर्‍याइसकेपछि निर्वाचन अधिकृतले मतदान अधिकृतलाई बुझाउने छन् ।

त्यसपछि मतदान अधिकृतको नेतृत्वमा कतिपय विकट क्षेत्रमा ती सामग्री पठाउनु पर्ने भएकाले सामग्री पठाउने काम शुक्रबार अवेरसम्म हुने पौडेलले बताएका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार