‘निरमाया’ को टिजर सार्वजनिक (भिडियो सहित)

चलचित्र निरमाया

धनगढी : चलचित्र ‘निरमाया’ को केही दिन अघि टिजर सार्वजनिक गरिएको छ । निर्माण टिमले यस चलचित्रलाई नेपाल सरकारको सहयोगमा देशभर विभिन्न शोजहरु गरि जना चेतना जगाउने लक्ष्य लिएको छ ।

एक मिनेट ४५ सेकेन्ड लामो टिजरले वर्षौं देखि जरो गाडेको जातिय छुवाछुतको मुद्दालाई उजागार गर्न खोजेको छ । भने नेपाल सरकारको संविधानमा १७ वर्ष अघि अन्त्यको घोषणा गरिएको जातीय छुवाछुतको वर्तमान अवस्थामा पनि शहर केन्द्रित भएको तर गाउँ गाउँ कुना कन्दरासम्म यसको प्रभाव अझै रही रहेको र यस चलचित्रले उक्त विषय माथि आम जनमानस र नयाँ पिंढीहरुलाइ सकारात्मक संदेश दिई समाज र सोच परिवर्तन गर्न सफल रहने बिस्वाश निर्माण टिमले लिएको छ ।

चलचित्र निरमायामा लामो समयदेखि कलाक्षेत्रमा सक्रिय रहँदै आएका दाङका अजित लामिछाने र जेबि डिसी नायकका रुपमा रहेका छन् ।

यस्तै, मदानी मुभिजको प्रस्तुतीमा पदम विश्वकर्मा साहित्य प्रतिष्ठानको सहकार्यमा निर्माण भएको चलचित्र ‘निरमाया’ को फर्स्टलुक पोस्टरसहित टिजर सार्वजनिक गरिएको छ । परिवर्तन आफैंबाट सुरु गरौँ समाज स्वत बदलिनेछ भन्ने मूल भाव बोकेको चलचित्रले नेपाली समाजमा जरो गाडेर बसेको छुवाछुतको मुद्दालाई उठाएको छ ।

अनन्त प्रसाद तिमल्सिनाको प्रस्तुती रहेको नेपाली सामाजिक चलचित्र ‘निरमाया’को निर्देशन रमेश कोइरालाले गरेका हुन् । महेश तिमल्सिना कार्यकारी निर्माता रहेको चलचित्रको निर्माता रोजा तिमल्सिना र रमेश दाहाल हुन् ।

चलचित्र विकास बोर्ड र ग्लोबल फोरम अगेन्स्ट कास्ट बेस्ड डिस्क्रिमिनेसन नामक संस्थाको समेत सहकार्य रहेको चलचित्र ‘निरमाया’ ले नेपाली समाजको यथार्थ कथा बोल्नेछ ।

चलचित्रमा रमेश बुढाथोकी, लय संग्रौला, जे.एन. घिमिरे, जेबी डिसी, अजित लामिछाने, प्रतिषा रिजाल, समृद्धि पौडेल, रमेश अधिकारी, गोपाल ढकाल, रामबाबु रेग्मीलगायतका कलाकारको मुख्य भूमिका रहेको छ । चलचित्रमा राम कुमार केसीको कथा र अजित लामिछानेको लेखन रहेको छ ।

रवी कोइराला र जीवन पराजुलीले छायाँकन गरेको चलचित्रको सम्पादन उत्तर राना मगर र तारा थापा किम्भेले गरेका हुन् भने चलचित्रमा कविराज गहतराजको कोरियोग्राफी, अशोक खड्काको द्वन्द, कमल अधिकारी, रिमेश कुमारको संगीत रहेको छ । विनयराज पौडेलको मुख्य सहायक निर्देशन रहेको चलचित्रको छायाँकन सिन्धुली, काभ्रे र रामेछापमा गरिएको हो ।

चलचित्र ‘निरमाया’ निर्माण कार्य सम्पन्न भई प्रदर्शनको तयारीमा रहेको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार