नेपाल तरुण दल कैलाली क्षेत्र नं ४ को सभापतिमा विशाल खवास

नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरुण दल कैलाली क्षेत्र नं ४ को सभापतिमा विशाल खवास मनोनित

धनगढी : नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरुण दल कैलाली क्षेत्र नं ४ को सभापतिमा विशाल खवास मनोनित भएका छन् । संगठनलाई अझ क्रियाशील बनाउनका लागी खवासलाई मनोनित गरेको नेपाल तरुण दल कैलालीका अध्यक्ष दिपेन्द्र बहादुर बमले बताए ।
मनोनित भएपछि खवासले कैलाली क्षेत्र नम्बर ४ मा संगठनलाई अझ बलियो र संगठित बनाउन हरप्रयास गर्ने बताए ।
को हुन् विशाल खवास ?

विशाल खवास कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ६ बनबेहडा बासिन्दा हुन् । गौरीगंगा नगरपालिकाको कार्यपालिका सदस्य समेत रहेका खवास नेपाल तरुणदल गौरीगंगाका नगर उपसभापती पनि हुन् ।

सबै संग समान व्यवहार गर्ने खवास विकास निर्माणका कार्यमा पारदर्शिता कायम गर्न ठुलो भुमिका रहेको र संगठनलाई बनाउनका लागी महत्वपुर्ण योगदान रहेको नेपाली कांग्रेस गौरीगंगा नगर कार्यसमिति सचिव हेमन्तराज जोशी (बाजे) ले बताए ।
साथै पार्टिलाई स्थानीय तह र प्रतिनिधि सभामा उम्मेदवार बिजयी बनाउन अनि तरुण युवा एकजुट बनाउन खवासको भुमिका रहेको पनि सचिव जोशीको भनाई छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार