SKIP THIS

धनगढी उप-महानगरपालिका

आज उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व सम्पन्न गरिंदै

उदाउँदो सूर्यलाई अर्घ्य दिएर आज छठ पर्व सम्पन्न गरिंदै

छठ पर्वको अन्तिम दिन आज उदाउँदो सूर्यलाई अर्घ्य दिंदै सम्पन्न गरिंदैछ ।

छठ पर्वअन्तर्गत हिजो साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरी रातभर पूजाअर्चना गरेर नदी तथा पोखरी किनारमा बसेका बर्तालुले आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठपर्व सम्पन्न हुनेछ ।

सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको छठ पर्वमा अस्ताउँदो र उदाउँदो सूर्यलाई पूजा गरिन्छ । छठका बर्तालुले कार्तिक शुक्ल चतुर्थीदेखि नै चोखो खानपान गरी शुद्ध भएर बस्ने गर्छन् ।

बर्तालुहरूले अर्घ्य सामग्री लिई सूर्यलाई पूजा अर्चना गर्दछन् । अर्घ्य सामग्रीमा ठेकुवा, कसार, केरा, उखु, मेवा–मिष्ठान, गेडागुडी, कन्दमूल र विभिन्न वनस्पति राख्ने परम्परा छ ।

अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिएमा यसको किरणको प्रभावले चर्मरोग नहुने र पुत्र लाभ हुने विश्वास समेत रहेको छ । सूर्य उपासनाबाट लाभ र आरोग्य प्राप्त हुने पनि विश्वास गरिन्छ ।

छठ पर्वमा सूर्यलाई ‘छठी माई’ का रूपमा पूजा गर्ने चलन छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्वमा सूर्यदेवको आराधना, उपासना र पूजा गरिन्छ 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार