मेयर हमालको कमाल :  सडक चौडा पार्न डोजर सहित उत्रिए 

मेयर हमालको कमाल :  सडक चौडा पार्न डोजर सहित उत्रिए 

धनगढी उप-महानगरपालिकाको वडा नं. १ स्थित सेती प्रादेशिक अस्पताल परिसर अगाडीबाट सडक चौडा पार्ने अभियानको थालनी गरिएको छ । बुधवार धनगढी उप-महानगरपालिकाका मेयर गोपाल हमाल स्वयम डोजर लगेर सडक आसपासका संरचनाहरू भत्काउन थालेका हुन् । 

यस अघि उप-महानगरले दुई पटक सूचना जारी गर्दै सडकको दायाँबायाँ १५/१५ मिटर क्षेत्राधिकारभित्र पर्ने भौतिक संरचना असोज मसान्तसम्म हटाइसक्न आग्रह गरेको थियो ।

छठ पर्वपछि सडक फराकिलो बनाउने निर्णय कार्यान्वयनमा ल्याउने गरी आवश्यक प्रक्रिया अघि बढाइसकेको बताएको उपमहानगरले बुधवार बाट निर्णय कार्यान्वयनमा ल्याएको हो । 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार