हेलिकप्टरमा गन्यापधुरा पुगे देउवा

हेलिकप्टरमा गन्यापधुरा पुगे देउवा

प्रधानमन्त्री तथा नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा चुनावी सभालाई सम्बोधन गर्न गृह पालिकामा पुगेका छन् । डेल्धुराबाट प्रतिनिधि सभाका उम्मेदवार समेत रहेका देउवा बिहीबार देखी गृह जिल्ला चुनावी कार्यक्रममा व्यस्त रहेका छन् ।

शुक्रवार बिहान नवदुर्गा गाउँपालिकाको चुनावी कार्यक्रमपछि गन्यापधुराको चुनावी कार्यक्रम सम्बोधन गर्न गन्यापधुरा पुगेका हुन् ।

कात्तिक १९ गते बिहान अजय मेरु गाउँपालिकाको भद्रपुर र दिउँसो भागेश्वर गाउँपालिकाको रूपलालमा आयोजना हुने कार्यक्रममा सम्बोधन गर्नेछन्।

कात्तिक २० गते बिहान आलिताल गाउँपालिकाको गोदाममा तथा सोही दिन दिउँसो परशुराम नगरपालिकाको जोग बुढामा गठबन्धनले आयोजना गर्ने चुनावी सभामा सम्बोधन गर्ने कार्यक्रम तय गरेको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार