जोशीले बनाए आफ्नै लगानीमा शिव पार्वतीको मूर्ति, मुख्यमन्त्री भट्टद्वारा उद्घाटन (भिडियो सहित)

जोशीले बनाए आफ्नै लगानीमा शिव पार्वतीको मूर्ति, मुख्यमन्त्री भट्टद्वारा उद्घाटन

धनगढी : डोटीमा एक जना स्थानीयले शिव पार्वतीको मूर्ति बनाएका छन् । जिल्लाको के.आई.सिंह गाउँपालिका वडा न.६ फलेडीका हरिलाल जोशीले आफ्नै व्यक्तिगत लगानीमा उक्त मूर्ति बनाएका हुन् ।

जोशीले आफ्नै कलामा बनाएको शिव पार्वतीको मूर्तिको सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले शुक्रवार उद्घाटन गरेका छन् ।

जोशी विगत १०-१५ वर्ष देखि काठमा शिला तथा मूर्ति बनाउने काम गर्दै आएका थिए । उनले स्थानीय, प्रदेश र सङ्घीय सरकारले आर्थिक सहयोग गरेमा आगामी दिनमा अझै बृहत् रूपमा आफ्नो कलालाई अगाडि बढाउने बताएका छन् ।

यस्तै, के.आई.सिंह गाउँपालिका वडा न.६ का वडा अध्यक्ष कृष्ण प्रसाद जोशीले यस्ता प्रतिभा भएका व्यक्तिलाई स्थानीय सरकारले खोजी गरी आर्थिक सहयोग गर्ने बताएका छन् ।

त्यस्तै, सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले यश किसिमका प्रतिभा भएका व्यक्तिलाई प्रदेश सरकारले सम्मान गर्ने तथा यस्ता कलालाई खोजी गरी कला प्रदर्शन गर्न सहयोग गर्ने बताएका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार