‘शिक्षा सहितको रोजगार, उज्ज्वल भविष्यको आधार’: धनगढीमै त्रिविबाट सम्बन्धन प्राप्त एशियन कलेज

'शिक्षा सहितको रोजगार, उज्ज्वल भविष्यको आधार': धनगढीमै त्रिविबाट सम्बन्धन प्राप्त एशियन व्यवस्थापन कलेज

बिगत लामो समयदेखी काठमाडौंबाट सञ्चालन भइरहेको एशियन व्यवस्थापन कलेज कैलालीको धनगढीमा स्थानान्तरण भएको छ । धनगढीको वडा नम्बर ४ मा त्रिभुवन विश्व विद्यालय बाट सम्बन्धन प्राप्त कलेज खुलेको हो । विगत लामो समय देखि काठमान्डौंमा सञ्चालन भइरहेको कलेजलाई धनगढीमा स्थानान्तरण गरी सञ्चालन ल्याइएको कलेज व्यवस्थापकीय टिमले जनाएको छ ।

सुदूरपश्चिम प्रदेशमा गुणात्मक रूपमा शिक्षा अगाडी बढे जस्तो देखिए पनि यथार्थमा गुणस्तरीय शिक्षाको अभाव रहेकोले गुणस्तरीय शिक्षा तथा रोजगारमूलक शिक्षा प्रदानको लागि कलेजको स्थापना गरिएको कलेजका अध्यक्ष रमेश पन्तले बताए । उनले एक्काइसौँ शताब्दीको युग सुहाउँदो आधुनिक शिक्षा प्रदान गर्न शिक्षण संस्था सुरु गरेको दाबी गरे ।

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजले यसै शैक्षिक सत्रदेखि स्नातक तहमा भर्ना लिन पनि सुरु गरिएको कलेजका अध्यक्ष रमेश पन्तले बताए । 

व्यवस्थापन,वाणिज्य र वित्तीय क्षेत्रमा आमूल परिवर्तन ल्याउनका लागि कलेजले स्नातक तह सम्म अध्यापन गराउने र नेपालमा रहेका औद्योगिक दक्ष जनशक्ति स्थापित गर्ने तथा गुणस्तरीय शिक्षाको बजार मुखी रूपान्तरण गरी देशमै रोजगारी सिर्जना गराई युवा जनशक्तिलाई विदेश पलायन हुन बाट रोक्ने लक्ष्य रहेको कलेजले जनाएको छ ।

कलेजले मानविकी सकांय अन्तरगत सामाजिक कार्य अध्ययन (बिएसडब्लु) र आमसञ्चार (मास कमिन्युकेशन) जस्ता विषयहरू अध्यापन गराउने छ । 

धनगढीका दक्ष प्राध्यापक तथा समय समयमा बाहिर बाट पनि दक्ष तथा ख्याति प्राप्त कलेजमा अध्यापन गराउँदै आएका प्राध्यापकहरूले अध्यापन गराउने जनाइएको छ । कलेजको शिक्षा सहितको रोजगार, उज्ज्वल भविष्यको आधार मूल नारा रहेको छ ।

कलेज सञ्चालनको पूर्व सन्ध्यामा व्यवस्थापन समूहले जारी गरेको प्रेस विज्ञप्ति जस्ताको त्यस्तै:

एशियन व्यवस्थापन कलेज ASIAN BYABASTHAPAN COLLEGE

धनगढी कैलाली भुवन विश्वविद्यालय

मिति: २०७९ कार्तिक १९ गते

प्रेस विज्ञप्ती, आदरणीय सञ्चारकर्मी मित्रहरु

सर्वप्रथम यहाँहरु सबैलाई यस कलेजको कार्यक्रममा र्दिक स्वागत गर्दछ । आफ्नो अमूल्य समय दिनुभएकोमा कृतज्ञता ज्ञापन गर्दछ ।

विगत लामो समयदेखि यस क्षेत्रको शैक्षिक अवस्थाला अवलोकन गर्दै आएका हामीहरुले सर्वसुलभ रोजगारमुखी र जीवनोपयोगी शिक्षाका लागि समाजलाई परिणाममुखी स्थानमा पुगाउनै पर्ने देखि २०६४ सालमा त्रिभुवन विश्वविद्यालयसंग समन्वय गरेर यस एशियन व्यवस्थापन कलेजको स्थापना गरेका हो । तत्कालिन समयको राजनीतिक सामाजिक अवस्थाले गर्दा सुदुरपश्चिमकै हि युवा तथा शिक्षाविदहरुको सहयोगमा काठमाडौको कीर्तिपुरमा कलेज सञ्चाल गरेका हो । यसै वर्ष असोज ५ गते विधिवत् रुपमा त्रिभुवन विश्वविद्यालयको कार्यकारीको निर्णय बमोजीम यस कलेजलाई हामीले धनगढीमा स्थानान्तरण गरि यसै क्षेत्रबाट सञ्चालनमा ल्याउने निर्णय गरेका हो । अहिले सुदुरपश्चिम प्रदेशमा शिक्षाको अवस्था हेर्ने हो भने धेरै गुणात्मक रुपमा अगाडि बढेको जस्तो देखिन्छ तर यथार्थ कुरा के जोड्न हो भने यस्तो प्रकारको शिक्षाको उपादेयता न्यून रहेको छ । प्राप्त शिक्षा र सिकाईलाई रोजगार र विश्व बजारसंग नसक्दा हामी पछि परेका हौ भन्ने हाम्रो बुझाइ रहेको छ । त्यसैले देशको यस सुदूर कुनाबाट एक्काइसौ शताब्दीको युग सुहाउ ‘आधुनिक शिक्षा प्रदान गर्न हामीले यो शिक्षण संस्था शुरु गरेका हौ ।

हाम्रा योजनाहरु

१. व्यवस्थापन, वाणिज्य वित्तीय क्षेत्रमा आमूल परिवर्त ल्याउनकालागि यस कलेजले स्नातक तहमा विद्यार्थीहरुलाई अध्यापन गराई नेपालमा रहेका औद्योगिक क्षेत्रमा दक्ष जनशक्ती स्थापित गर्ने ।

२. गुणस्तरीय शिक्षाको बजारमुखि रपान्तरण गरि देशम रोजगारी सिर्जना गराई युवाजनशक्तिलाई विदेश पलायन हुनबाट रोक्ने । यसकालागि स्नातक तह उत्तीर्ण हुदै गर्दा उद्योग, पवन, होटेल, कृषि जस्ता क्षेत्रमा न्यून नागनिवाटै स्वरोजगार बन्नकालागि विभिन्न स्थानीय सरकारको समन्वयमा सहजीकरण गर्ने

३. समाजमा साना मझौला तथा ठूला सबै किसिमका उद्योगधन्दाकालागि स्नातक दोस्रो र तेस्रो वर्षदेखि नेपाल भारतका औद्योगिक क्षेत्रमा शैक्षिक सिकाइमूलक भ्रमण गराई आफ्ने ठाउमा कार्यान्वयनमा जोट दिने विद्यार्थीहरुलाई पूर्ण इन्टर्नसिपको व्यवस्था गर्ने।

४. मानविकी काय अन्तरगन सामाजिक कार्य अयन (BSW ) र आमसञ्चार (Mass Communication) जस्ता विषहरु अध्यापन गराउने ।

५. यस मानविकी संकाय अन्तरगत अध्ययनरत विद्यार्थिहरुले यस क्षेत्रको सामाजिक क्षेत्रमा कम्तीमा दुई वर्ष क्षेत्रगत अध्ययन अनुसन्धान गरि सामाजिक क्षेत्रलाई आर्थिक तथा राजनैतिक क्षेत्रसंग जोडेर हाम्रो मूल उद्देश्य समाज रुपान्तरणकालागि शिक्षाको आधारलाई सफल गराउने ।

६. आचार जस्तो विषयले जनताको सुसुचित हुने अधिकारको रक्षा गर्दै सूचनाको व्यापक विश्वव्यापी मान्यताका आधारमा

सबै खालका भ्रष्टाचारहरु न्यू गर्दै भ्रष्टाचारमुक्त समाज निर्माणमा भूमिका खेल्ने । साथै हाम्रो क्षेत्रमा रहेका सरकारी, गैरसरकारी संघसंस्थाहरुमा विद्यार्थीहरुको सहज पहुँच बनाई रोजगार सिर्जना गर्ने

७. यस कलेजमा अध्ययनरत विद्यार्थीहरुका लागि भुवन विश्वविद्यालयका वरिष्ठ प्राध्यापकहरु, बाट समय समयमा सिकाई मूलक कक्षाहरु सन्चालन गरिने ।

अमेरिकाको कोलोराडो स्थित डेनभर विश्वविद्यानसँग समन्वय गरि विद्यार्थी आदानप्रदान (student exchange) programme), तथा त्यस विद्यालयका प्राध्यापकहरुलाई आमन्त्रण गरि शैक्षिक कार्यक्रमहरु गर्ने ।

९. गरिव, जेहन्दार पिछडिएका वर्ग, दलित तथा अपागहरुकालागि पूर्ण छात्रवृत्तीको व्यवस्था गरिएको छ, यसका लागि विद्यार्थीहरुको वास्तविक अवस्था खुलाउने प्रमाणहरुको आवश्यकता रहने छ। हरेक वर्ष अत्यन्तै गरिब, विपन्न विद्यार्थीहरुलाई निशुल्क अध्यापन गराइने ।

हामी कार्यक्रममा उपस्थित भएर शिक्षाको माध्यमले समाज रुपान्तरणकालागि गर्न खोजेको सानो प्रयासमा सहभागी हुनुभएकोमा यहाहरुलाई धन्यवाद !

रमेश पन्त
अध्यक्ष एशियन व्यवस्थापन कलेज धनगढी, कैलाली

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार