एमाले देखेर सत्ता गठबन्धन दलहरू डराएका छन् : भट्ट

लेखराज भट्ट

नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले सुदूरपश्चिममा सन्चालीत अधिकास याेजनाका कटाैती गरकाे आराेप लगाएका छन ।  

गाैरिगगा नगरपालिकाका विभिन्न वडाहरुमा कार्यकर्ता भेटघाट तथा घर दैलाे कार्यक्रममा बाेल्दै उनले बजेट कटाैती हुदा याेजना राेकिएकाे बताए ।

उनले सुदूरपश्चिममा सन्चालन धनगढी-स्याउले-दिपायल, चाैमाला-खैराला, राजिपुर-वालुवागडा, चाैकिडाडा-वलानि-फल्टुड लगायत विभिन्न नदिका तटबन्धकाे समेत बजेट कटाैति गरेकाे बतए । 

उनले सन्चालीत याेजनाहरुकाे बजेट कैटाैति हुदा काम गरेका मजदुरकाे समेत ज्याला राेकिएकाे बताउदै उनले मजदुरकाे ज्याला राेकिएर समस्या पर्दा पनि सरकार चुप बसेकाे आराेप लगाए । 

सुखि नेपाली, समृद्ध नेपालकाे नारा बाकेर देशकाे बिकासमा लहर वनाएकाे देखेर सबै दल डराएकाे बताउदै उनले देशमा बिकास भए अरु दलकाे भागाभाग हुने भन्दै सबेै एक भएर विकासकाे पक्षमा रहेकाे एमालेलाई पछि पार्न खाजेकाे बताए । 
सुदूरपश्चिमकाे बिकासका लागि आफुले महत्वपुर्ण भुमिका खेलेकाे बताउदै उनले आफुले जिते अबका ५ बर्षमा सुदूरपश्चिममा सुरु गरेका याेजनालाई पुर्ण रुप दिने बताए ।

सुदूरपश्चिममा आफुले सन्चालनमा ल्याउन पहल गरेका उद्योग सन्चालनमा आए राेजगारीका लागि बाहिर जानू पर्ने बाध्यताकाे अन्त्य हुने दावि गर्दै उनले उद्योग सन्चालनमा आए सुदुरपश्चिमकाे मात्रै नभएर देशकै समृद्धि हुने बताए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार