SKIP THIS

S.P.A  Collage

देउवाले बैतडी र दार्चुलाको चुनावी सभालाई सम्बोधन गर्ने

प्रधानमन्त्री देउवा

आगामी मंसिर ‍४ गतेका लागि तय भएकाे प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन नजिकिएसँग विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरू चुनावी प्रचारमा व्यस्त छन्।

निर्वाचन नजिकिएसँगै दलहरूकाे चुनावी दाैडधुप तीव्र बन्दै गइरहेकाे छ। चुनावी प्रचार कार्यलाई सत्ता गठबन्धनमा आवद्ध दलले पनि निकै तीव्रता दिएका छन्।

गठबन्धनमा आवद्ध प्रमुख राजनीतिक दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा यतिबेला चुनावी प्रचारकाे लागि आफ्नाे गृह जिल्लामा व्यस्त छन्।

प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति देउवाले हिजाे साेमबार धनगढीस्थित आफ्नाे निवासमा बाेलाएर असन्तुष्ट रहेका बागी उम्मेदवारलाई फकाएकाे उनी निकट स्राेतले जनाएकाे छ।

स्राेतका अनुसार कैलाली क्षेत्र नम्बर ३ को प्रदेश सभा २ मा स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेस नेता गोविन्दराज जोशीलाई पनि प्रधानमन्त्रीले भेटेका थिए। जोशीलाई प्रधानमन्त्रीले उम्मेदवारी फिर्ता लिन आग्रह गरेको जनाइएको छ।

भोली अर्थात बुधबार पनि उनले साेही कार्यलाई निरन्तरता दिँदै बैतडी र दार्चुलाको चुनावी सभालाई सम्बोधन गर्ने कैलाली काँग्रेसका सचिव नृप सुनारले पुष्टि गरे ।

केही दिन गृहजिल्ला डडेलधुराको चुनावी कार्यक्रममा व्यस्त भएका प्रधानमन्त्री देउवा चुनावी सभालाई सम्बोधन गरेपछि मात्रै काठमाडौँ फर्किने कार्यक्रम छ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि सम्बोधन गर्ने बताइएको छ।

धनगढी उप-महानगरपालिका पर्ने क्षेत्र नम्बर ५ मा कांग्रेसबाट डिल्लीराज पन्त र ५ को प्रदेशसभा २ बाट प्रदेशसभा सदस्यमा प्रकाश देउवा, प्रदेशसभा १ मा माओवादी केन्द्रका रमेश धामी उम्मेदवार छन्।

क्षेत्र नम्बर ५ मा कांग्रेसका पूर्वनेता पुष्करनाथ ओझाले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन्।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार