६.६ म्याग्नीच्युडको भूकम्प, जसले एकसाथ सुदूरको निद्रा उडायो (भिडियो)

६.६ म्याग्नीच्युडको भूकम्प, जसले एकसाथ सुदूरको निद्रा उडायो

धनगढी : सुदूरपश्चिम प्रदेश भर भूकम्पको धक्का महसुस भएको छ । बुधवार राती २ बजेर १२ मिनेट देखि १४ मिनेट सम्म सुदूरपश्चिम प्रदेश भर भूकम्पको धक्का महसुस गरिएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार डोटीको खप्तड राष्ट्रिय निकुञ्जस्थित खप्तड बाबाको आश्रम नजिकै केन्द्रबिन्दु बनाएर राति २ बजेर १२ मिनेटमा भूकम्प गएको छ । भूकम्पले नेपाल, चीन भारत गरी केन्द्र बिन्दु बाट ४०० सय किलोमिटर वरिपरि असर महसुस गरिएको छ ।

जसको कम्पन बाट पूरा सुदूरपश्चिम प्रदेश बिउँझेको छ । जहाँ इन्टरनेट सेवा विस्तार भएको छ । अथवा इन्टरनेटले काम गर्छ । यहाँ स्थित प्रदेश भरिकै नागरिकले समय सहित आफ्नो अनुभूति सामाजिक सञ्जालमा पोस्ट गरेका छन् ।

यश अघि पनि सुदूरपश्चिमसहित कर्णाली प्रदेश लगायतका जिल्लासम्म भूकम्पको धक्का महसुस गरिएको थियो । भने मङ्गलवार राति ९ बजेर ७ मिनेटमा पनि खप्तड राष्ट्रिय निकुञ्ज केन्द्र बनाएर ५ दशमलव ७ म्याग्नीच्युयडको भूकम्प गएको थियो भने राति ९ बजेर ५६ मिनेटमा पनि पराकम्प गएको थियो ।

अहिले सम्म डोटीमा सानो ठुलो गरी छ पटक परा कम्पन महसुस गरिएको छ । भने जिल्लाको पूर्वी चौकी गाउँपालिका–३ को गैरा गाउँमा घर भत्किदा ६ जनाको मृत्यु भएको पूर्वी चौकी गाउँपालिका घटना स्थलमा खटिएका प्रशान्त खड्काले जानकारी दिए ।

त्यहाँ स्थित गाउँ भरीको घर हरू चर्किएको छ । ‘गाउँका सबै खुल्ला ठाउँमा आगो बालेर बाहिरै बसिरहेका छन् । घर भत्किएको ठाउँमा उद्धार कार्य जारी रहेको छ । प्रहरी प्रशासन पुगी नसकेकाले स्थानीयहरू मिलेर उद्धार गरिरहेका छन् ।’ उनले भने ।
यस्तै, सायल गाउँपालिकाको स्वास्थ्य भुवन पनि भत्किएको प्रारम्भिक खबर प्राप्त भएको छ । भने ७२ घर चर्किएको स्थानीयहरूले जानकारी दिएका छन् । 
अझै उद्धार कार्य जारी रहेको र विस्तृत विवरण आईनसकेकोले क्षति बढी नै भएको हुन सक्ने अनुमान गरिएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

100%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार