कोरियामा एकैदिन ५४ हजारभन्दा बढी कोभिड संक्रमित

Corona Virus

दक्षिण कोरियामा बिहीवार मध्यरातिसम्म कोभिड–१९ संक्रमितको संख्या ५४ हजार ५१९ जना थपिएपछि कूल संक्रमितको संख्या २ करोड ६० लाख ९१ हजारजनाभन्दा बढी पुगेको स्वास्थ्य अधिकारीहरूले जानकारी दिएका छन् ।  

गत २४ घण्टायता ५४ हजार ५१९ जना संक्रमित थपिएका छन् । अघिल्लो दिन अर्थात् बुधवार ५५ हजार ३६५ जना रहेकामा बिहीवार थप संक्रमित बढेका हुन् ।

कोरियाको रोग नियन्त्रण तथा निवारण निकायका अनुसार अघिल्लो हप्ताका तुलनामा बिहीवार बढी संक्रमित बढेका छन् । अघिल्लो हप्तामा बढीमा ४७ हजारमा मात्र संक्रमण देखिएको थियो ।

पछिल्लो दिनमा संक्रमणबाट ४० जनाको ज्यान गएको छ । दक्षिण कोरियामा अहिलेसम्म कोभिडको संक्रमणबाट ज्यान जाने व्यक्तिको संख्या २९ हजार ५७१ पुगेको बताइएको छ । 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार