सुदूरपश्चिममा अस्थायी मतदाताका लागि २२ मतदान केन्द्र

सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालय

निर्वाचन आयोगले सुदूरपश्चिममा २२ वटा अस्थायी मतदान केन्द्र तोकेको छ। मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको मतदान प्रक्रियाका लागि सुदूरपश्चिममा २२ सहित देशभर १४१ अस्थायी मतदान केन्द्र तोकेको हो ।

देशभरका अस्थायी मतदातालाई प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणालीमा मतदान गर्नका लागि अस्थायी मतदान केन्द्र तोकिएको निर्वाचन आयोगले जनाएको छ ।

अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका तर, आफ्नो स्थायी ठेगानाभन्दा बाहिर रहेका कर्मचारी, सुरक्षाकर्मी, कैदीबन्दी तथा वृद्धाश्रममा रहेका व्यक्तिले प्रतिनिधिसभा सदस्य समानुपातिक प्रणालीतर्फ मतदान गर्न पाउछन् ।

२०७२ सालमा जारी भएको नेपालको संविधानपछि अस्थायी मतदाताले मतदान गर्न पाउने व्यवस्था पहिलो पटक कार्यान्वयनमा आएको हो ।

मतदान केन्द्रमा खटिने कर्मचारी र सुरक्षाकर्मीलई खटिएकै केन्द्रबाट मतदान गर्ने गरी आयोगले व्यवस्था मिलाएको आयोगका सहायक प्रवक्ता एवम् उपसचिव ऋषीराम भुसालले नेपाल प्रेसलाई जानकारी दिए ।

उनका अनुसार अस्थायी मतदाता हुनका लागि अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका् हुनुपर्ने कानुनी व्यस्था भएकाले त्यसै बमोजिमको व्यवस्था मिलाई मतदानको सूनिश्चित गरेको हो।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार