सुदूरपश्चिम प्रदेशमा स्वयंसेवकसहित करिब २५ हजार जनशक्ति परिचालन

कर्मचारी खटिए

मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा स्वयंसेवकसहित करिब २५ हजार जनशक्ति परिचालन हुने भएको छ। निर्वाचनमा खटिने जनशक्तिलाई तालिम, मतपत्र र निर्वाचनमा आवश्यक पर्ने सामग्री तयार गर्ने तथा सिल गर्ने काम अन्तिम चरणमा पुगेको छ।

प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टका अनुसार मतदान केन्द्रमा रहेका मतदाता सङ्ख्याको आधारमा निर्वाचनका लागि जनशक्ति खटाइने भएको छ। मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी, स्वयंसेवक र कार्यालय सहयोगी परिचालन गरिनेछन्।

सुरक्षाकर्मीबाहेक स्वयंसेवकसहित गरेर प्रदेशभर २५ हजार जनशक्ति निर्वाचनका लागि परिचालन गर्ने तयारी भएको भट्टले बताए। 

सुदूरपश्चिम नौ वटै जिल्लामा गरेर दुई हजार एक सय ४६ मतदान केन्द्र र एक हजार एक सय ६१ मतदानस्थल कायम गरिएका छन्। यसका साथै प्रदेशभर २२ वटा अस्थायी मतदान केन्द्र तोकिएका छन्। प्रदेशमा रहेका मतदाता सङ्ख्याको आधारमा प्रत्येक जिल्लामा मतपत्र पनि पुगिसकेका छन्। मतपत्र र निर्वाचन सामग्री तयार गर्ने र सिल गर्ने काम अन्तिम चरणमा पुगेको भट्टले बताए। 

मतदान अधिकृत र सहायक मतदान अधिकृतो तालिम सञ्चालन भएको र उनीहरुको तालिमपश्चात मतपत्र र निर्वाचन सामग्री सम्बन्धित मतदानकेन्द्रमा ढुवानी गरिने जनाएको छ। आजदेखि मतपत्र र निर्वाचन सामग्री ढुवानीको काम शुरु हुने र मङ्सिर १ गतेभित्र सम्बन्धित मतदानकेन्द्रमा पुगिसक्ने भट्टले बताए।

सुदूरपश्चिममा १६ लाख ५८ हजार चार मतदाता रहेका छन्। यहाँ प्रतिनिधिसभाका लागि १६ र प्रदेशसभाका लागि ३२ निर्वाचन क्षेत्र रहेका छन्।   निर्वाचनको मिति नजिकिएसँगै दलका उम्मेदवारले प्रचारप्रसारमा तीव्रता दिएका छन्। चुनावी ऐजेण्डाका साथ गाउँ पसेका उम्मेरवार मतदाता रिझाउन महत्वकांक्षी योजना बाँडिरहेका छन्।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार