SKIP THIS

S.P.A  Collage

अपाङ्गता भएका व्यक्तिहरूलाई पहुँचयुक्त मतदान केन्द्र व्यवस्थापन गर्न राष्ट्रिय अपाङ्ग महासघं सुदूरपश्चिमको ध्यानाकर्षण

अपाङ्गता भएका व्यक्तिहरूलाई पहुँचयुक्त मतदान केन्द्र व्यवस्थापन गर्न राष्ट्रिय अपाङ्ग महासघं सुदूरपश्चिमको ध्यानाकर्षण

धनगढी : अपाङ्गता भएका व्यक्तिहरूलाई पहुँचयुक्त मतदान केन्द्र व्यवस्थापन गर्न माग गरिएको छ । सोमबार राष्ट्रिय अपाङ्ग महासघं सुदूरपश्चिम प्रदेशले पत्र सहित ध्यानाकर्षण गराएको हो । 

यही मङ्सिर ४ गते सम्पन्न हुन गइरहेको प्रतिनिधि  सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ मा तय गरिने मतदान स्थल र मतदान केन्द्र निर्वाचन सम्बन्धी प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४, प्रदेश सभा सदस्य  निर्वाचन २०७४, निर्वाचन क्षेत्र निर्धारण ऐन २०७३ र निर्वाचन आयोग ऐन २०७३ बमोजिम अपाङ्गता भएका व्यक्ती, ज्येष्ठ नागरिक, गर्भवती महिलाहरूलाई सहज रूपमा मतदान गर्न पाउने गरी पहुँचयुक्त मतदान केन्द्र व्यवस्थापन गर्न माग गरिएको हो । 

एक कार्यक्रमका बिच राष्ट्रिय अपाङ्ग महासघं सुदूरपश्चिम प्रदेशका अध्यक्ष मानबहादुर साउँद, आई एल सेन्टरका अध्यक्ष भीम बहादुर शाह, नेपाल अपाङ्ग सङ्घका सदस्य रामचन्द्र जोशी र राष्ट्रिय अपाङ्ग महासङ्घ प्रदेश कार्यालयकी कर्मचारी निता बिष्ट लगायतको टिमले  कैलालीका मुख्य निर्वाचन अधिकृत ओमप्रसाद अर्याल र प्रदेश निर्वाचन आयोगका निमित्त प्रदेश निर्वाचन अधिकारी प्रेमराज भट्टलाई ध्यानाकर्षण पत्र पेस गरेका हुन् । 

पत्र हस्तान्तरणका पश्चात् निर्वाचन अधिकारी भट्ट र अर्यालले कैलाली क्षेत्र न ५ र कैलाली क्षेत्र न ४ का १० वटा नमुना मतदान केन्द्र निर्माण गर्ने र यसका साथै सुदूरपश्चिम प्रदेशमा जति पनि मतदान केन्द्रहरू छन् उक्त मतदान केन्द्रहरूमा सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरूलाई सहज र पहुँचका साथ अपाङ्गता मैत्री बनाउने कुरामा प्रतिबद्धता जनाएका छन् । 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार