प्रधानमन्त्री देउवा धनगढीमा, बुधवार डडेल्धुरा जाने

प्रधानमन्त्री देउवा

धनगढी : प्रधानमन्त्री शेरबहादुर देउवा धनगढी आइपुग्नुभएको छ । उहाँ हेलिकप्टरबाट धनगढी पुग्नुभएको कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले बताउनुभयो ।

प्रधानमन्त्री देउवा धनगढी स्थित नीजि निवासमा हुनुहुन्छ । प्रधानमन्त्री देउवा भोलि गृह जिल्ला डडेल्धुरा जानुहुने कार्यक्रम रहेको छ । उहाँले डडेल्धुरा, अछाम, कञ्चनपुर र बैतडीमा चुनावी सभालाई सम्बोधन गर्नुहुने कार्यक्रम रहेको जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत शिवराज जोशीले बताउनुभयो ।

प्रधानमन्त्री देउवा यस अघि कार्तिक १६ गते धनगढी आउनुभएको थियो । उहाँ गृह क्षेत्रमा एक साता लामो चुनावी कार्यक्रम सहभागी हुनुभई काठमाडौँ फर्किनुभएको थियो ।

नेपाली काँग्रेसका सभापति रहनुभएका प्रधानमन्त्री देउवा डडेल्धुरा जिल्लाबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार हुनुहुन्छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार