SKIP THIS

S.P.A  Collage

सुदूरपश्चिममा सरकार बनाउने नागरिक उन्मुक्ति पार्टीको लक्ष्य

सुदूरपश्चिममा सरकार बनाउने नागरिक उन्मुक्ति पार्टीको लक्ष्य

धनगढी : थरुहट/थारुवान र अखण्ड सुदूरपश्चिम आन्दोलनका बेला २०७२ सालमा भएको टीकापुर घटनाको जगमा गठन भएको नागरिक उन्मुक्ति पार्टी यो चुनावमा यहाँका ठूला दलहरुका लागि चुनौती बनेको छ ।

३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा पूर्वी कैलालीका चार स्थानीय तह जितेर यो कैलालीको सबैभन्दा ठूलो दल बनेको छ ।

सोही नतिजाबाट उत्साहित यो पार्टीले प्रतिनिधिसभाका ५ र प्रदेशसभाका १० क्षेत्रमा उम्मेदवारी दिएको छ ।

कैलाली क्षेत्र नम्बर ५ मा लक्ष्मण चौधरीको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरिदिएपछि नागरिक उन्मुक्ति पार्टीले स्वतन्त्र उम्मेदवार जगदिश चौधरीलाई समर्थन गरेको छ ।

नागरिक उन्मुक्ति पार्टीले कञ्चनपुरको क्षेत्र नम्बर १ र २ को प्रतिनिधिसभा तथा प्रदेशसभामा उम्मेदवारी दिएको छ भने सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलाको प्रदेशसभा (२) र बैतडीको प्रदेशसभा (२) मा पनि उम्मेदवारी छ ।

सुदूरपश्चिम प्रदेशमा प्रतिनिधिसभाका १६ मध्ये ७ र प्रदेशसभाका ३२ मध्ये १६ क्षेत्रमा चुनावी प्रतिस्पर्धामा उत्रिएको नागरिक उन्मुक्ति पार्टीले देशका अन्य जिल्लामा पनि चुनाव लडिरहेको छ । पार्टी प्रवक्ता दामोदर पण्डितका अनुसार प्रतिनिधिसभाका ३३ र प्रदेशसभाका ५७ क्षेत्रमा यो पार्टी चुनाव लडिरहेको छ ।

राष्ट्रिय पार्टी र प्रदेशमा निर्णायक शक्ति हुने

सुशासन, समृद्धि र पहिचानको मुद्दालाई प्राथमिकताका साथ उठाएको नागरिक उन्मुक्ति पार्टीले अगामी निर्वाचनबाट राष्ट्रिय दल बन्ने लक्ष्य लिएको छ । राष्ट्रिय दलको मान्यता पाउन प्रत्यक्षतर्फ कम्तीमा एक सिट जितेर समानुपातिक पद्धतिमा कुल सदर मतको ३ प्रतिशत मत ल्याउनुपर्छ ।

सुदूरपश्चिम सहित तीन प्रदेशमा सरकार निर्माण गर्ने वा निमार्णमा सहभागी हुनसक्ने दल बन्ने उसको दाबी छ ।

सुदूरपश्चिम प्रदेशमा बहुमत ल्याएर आफ्नै नेतृत्वमा सरकार गठन गर्ने बताउने नागरिक उन्मुक्ति पार्टीका प्रवक्ता दामोदर पण्डित लुम्बिनी र मधेश प्रदेशमा नयाँ शक्तिका रुपमा उदाउने दाबी गर्छन् । राष्ट्रिय दल बन्न आवश्यक पर्ने तीन प्रतिशत मत पनि कैलाली र कञ्चनपुरसहितका जिल्लाबाट ल्याउने यो पार्टीको रणनीति छ ।

उत्पीडनमा परेका वर्ग, जाति र समुदायका मुद्दालाई मूल विषय बनाएको बताउने यो पार्टीले देशभरबाट आदिवासी जनजातिको मत पनि आफूहरुलाई आउने दावी गरेको छ ।

थारु समुदायको पहिचान सहितको प्रदेशको माग गर्दै भएको आन्दोलन चर्किदा हिंसात्मक रुप लिएको टीकापुर घटनामा रेशम चौधरीलाई दोषी बनाएर जेल हालिएपछि देशभरका आदिवासीमा अद्भूत एकताको भावना आएको प्रवक्ता पण्डित दावी गर्छन् । -अनलाइन खबर

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार