समृद्ध नेपाल, सुखी नेपालीको सपना साकार पार्न सूर्यमा मतदान गरौँ : भट्ट

नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले एमालेसँग लड्न हिम्मत नभएर ५ दल एक भएको बताएका छन् ।

धनगढी : नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले एमालेसँग लड्न हिम्मत नभएर ५ दल एक भएको बताएका छन् ।

कैलाली क्षेत्र नम्बर ४ का विभिन्न वडामा कार्यकर्ता भेटघाट तथा घरदैलो कार्यक्रममा उनले देश विकास मुद्दा नभएकाले हार्ने डर भएर ५ दल एक भएको बताए। ५ दलका घोषणा पत्रमा नेकपालाई कसरी समृद्धि बनाउने भन्न योजना नै नरहेको बत्ताउँदै उनले देशलाई तहसनहस बनाउन एक भएको आरोप लगाए ।

भट्टले विकास गरेर देशलाई समृद्धि बनाउनु भन्दा पनि देशलाई खोक्रो बनाउन ५ दलीय गठबन्धन बनेको बताए । गठबन्धनको जित भए प्रधानमन्त्री को बन्ने भनेर निर्वाचनको केही दिनमा लफडा हुने बताउँदै गठबन्धनका नेता देश विकास भन्दा पनि पदका लाला हित बनिरहेको बताए ।

उनले गठबन्धनको सरकार बने शेर बहादुर देउवा, प्रचण्ड, माधव नेपाल, रामचन्द्र पौडेल, गगन थापा लगायतका नेताहरूले अब प्रधानमन्त्री को भन्दै दाबी गरिरहेको बताए । यस्तै, भट्टले गरिब दलित तथा काम गरी खाने वर्गको पार्टी एमाले भएको दाबी गरे ।

एमालेको बहुमत सरकार बने युवाहरूलाई देशमै स्वरोजगार बनाउन उत्पादन स्वदेशी, बजार विदेशी, खेत बारीमा पानी खाडीमा हैन स्वदेशमै जवानी र देशका विभिन्न स्थानमा उद्योग स्थापना गरेर ५ वर्षमा ५ लाखलाई रोजगार दिने बताउँदै सुदूरपश्चिमको पर्यटनको विकास गर्ने सपना पुरा गर्न एमालेलाई जिताउन समेत आग्रह गरेका छन् ।

त्यस्तै, अव्यवस्थित, सुकुम्वासी र भूमिहीनको व्यवस्थापनका लागि एमालेले सरकारको नेतृत्व गर्न आवश्यक रहेको बताउँदै उनले गठबन्धन सरकारले लालपुर्जा वितरणका नाममा जनताबाट पैसा असुल गर्न खोजेको आरोप लगाए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार