कैलालीमा जम्मा ५९.७१ प्रतिशत मतदान

कैलालीका मतदाता

धनगढी : कैलाली जिल्लामा जम्मा ५९.७१ प्रतिशत मत खसेको छ ।

२०७९/०८/०४ गते ०७ः०५ बजे देखि १८ः०० बजे सम्म भएको मतदानमा उक्त मत खसेको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।  

जोशीका अनुसार कुल  ५,३५,५१४ मतदाता रहेको कैलाली जिल्लाका क्षेत्र नम्बर १, २, ३, ४ र ५ क्षेत्र नम्बरमा पुरुष १,४८,९००, महिला १,७०,८७४ र अन्य ५ गरी ३,१९,७७९ अर्थात् ५९.७१ प्रतिशत मतदाताले मतदान गरेका छन् । 

कैलालीका मतदातामा छैन उत्साह, भोट हालेर नेताले के गरिदिए भन्ने प्रश्न ?

आज देशभर प्रदेश तथा प्रतिनिधि सभा सदस्य छान्नका लागी मतदान सम्पन्न भएको छ । तर यस पटक कैलालीमा भने मतदातामा मतदान गर्न उत्साह देखिएन।

यहाँका हरेक मतदान स्थलमा मतदाताहरूको उपस्थिति न्यून देखिएको छ । बरु उल्टै मतदाताहरूले किन मतदान गर्ने नेताहरूले अहिले सम्म के गरिदिएका छन् ? भन्दै प्रश्न गर्न थालेका छन् । 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार