कैलाली जिल्लाका यी तीन निर्वाचन क्षेत्र जहाँ मतगणना भयो सुरु

मतगणना

धनगढी : कैलाली जिल्लाका तीन वटा निर्वाचन क्षेत्रको मतगणना थालिएको छ । जिल्लाको निर्वाचन क्षेत्र नं. १, ३ र ४ मा मतगणना सुरु भएको हो ।

प्रदेश निर्वाचन अधिकारी प्रेम भट्टका अनुसार क्षेत्र नं. १ मा बिहान ११ बजेदेखि, क्षेत्र नं. ३ मा १२ बजेदेखि र क्षेत्र नं. ४ को मतगणना २ बजेदेखि सुरु भएको छ ।

क्षेत्र नं. १ र ३ मा अहिले प्रतिनिधिसभाको मतगणना भइरहेको छ भने क्षेत्र नं. ४ मा प्रतिनिधि सभा र दुई वटै प्रदेश सभाको सँगै मतगणना भइरहेको जनाइएको छ ।

क्षेत्र नं. २ र ५ मा मतगणनाको तयारी भइरहेको छ । कैलाली ५ मा १ बजे देखी नै गणना थालिने भनेको भए पनि मुख्य निर्वाचन अधिकृत बिरामी भएपछि ढिलो गरी मत गणना गरिने भएको हो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार