बाजुरामा गठबन्धनको निर्देशनमा चेतनको हत्या भयो: एमाले सुदूरपश्चिम

नेकपा (एमाले) ले बाजुरा घटनाको भत्र्सना गर्दै दोषी माथि कारबाहीको माग गरेको छ।

धनगढीः नेकपा (एमाले) ले बाजुरा घटनाको भत्र्सना गर्दै दोषी माथि कारबाहीको माग गरेको छ।

एमाले सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष दामोदर भण्डारी र सचिव धर्मराज पाठकले सोमबार एक संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै प्रहरी प्रशासन समेतको मिलेमतोमा सत्तागठबन्धनको नियोजित निर्देशनमा आफ्ना कार्यकर्ताको हत्या भएको जनाएको छ।

आइतबार राति सत्तारुढ गठबन्धनका कार्यकर्ताले अनेरास्ववियुका केन्द्रीय सदस्य तथा त्रिवेणी नगरपालिका–७ का बासिन्दा चेतन ऐडीको बर्बरतापूर्वक हत्या गरेको जनाउदै एमालेले दोषीमाथि कडा कारबाही गर्न भनेको हो।

रातिको समयमा घर तोडफोड गरी हत्या गरिएको र पूर्व जानकारी दिदा पनि प्रहरी, प्रशासन मौन बसेको आरोप एमालेले लगाएको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार