कैलाली ५ मा मतगणना गर्न माग गर्दै नाराबाजी

धनगढी : कैलाली क्षेत्र नम्बर ५ मा मतगणना गर्न माग गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय अगाडि नाराबाजी गरिएको छ ।

सर्वदलीय बैठकमा दिउँसो १ बजेदेखि मतगणना गर्ने सहमति भएपनि अहिलेसम्म गणना नथालिएको भन्दै नेकपा एमालेका कार्यकर्ता र स्वतन्त्र उम्मेदवार समर्थकले नाराबाजी गरेका हुन्।

उनीहरूले सहमतिअनुसार मतगणना नगरिनुमा मुख्य निर्वाचन अधिकृत ओमप्रसाद अर्यालले षड्यन्त्र गरेको भन्दै अर्यालविरूद समेत नाराबाजी गरेका छन् ।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख प्रेमप्रसाद भट्टले मुख्य निर्वाचन अधिकृतको स्वास्थ समस्याकै कारण मतगणनामा ढिलाई भएको बताएका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार