कैलाली-४ मा काँग्रेसका बलायर अगाडि

कैलाली क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका वीरबहादुर बलायरले अग्रता लिएका छन् । बलायरलाई नेकपा एमालेका लेखराज भट्टले पछ्याइरहेका छन् ।

कैलाली क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका वीरबहादुर बलायरले अग्रता लिएका छन् । बलायरलाई नेकपा एमालेका लेखराज भट्टले पछ्याइरहेका छन् ।

निर्वाचन अधिकृत इन्द्रबहादुर कठायतका अनुसार २ हजार ३४८ मतको गणना सकिंदा बलायरले १०९० मतसहित अग्रता लिएका छन् । भट्टले १०१२ मतका साथ उनलाई पछ्याइरहेका छन् । भट्ट नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज हुन् भने बलायर कांग्रेसका सुदूरपश्चिम प्रदेशका सभापति हुन् ।

डोटीबाट कैलाली झरेर उम्मेदवारी दिएका बलायरलाई माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) पार्टीले समर्थन गरेका छन् । भट्ट भने एक्लै चुनावी मैदानमा छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार