बैतडीमा प्रतिनिधि र प्रदेश सभामा एमालेको अग्रता, अन्यको स्थिति कस्तो ?

नेपालका विभिन्न पार्टीहरुका चुनाव चिन्ह

धनगढी । बैतडीमा प्रतिनिधि र प्रदेश सभामा नेकपा एमालेको अग्रता कायम रहेको छ । जिल्लामा प्रतिनिधिसभातर्फ नेकपा एमालेका दामोदर भण्डारी अग्रस्थानमा रहेका हुन् ।

१ हजार ६ सय ५४ मत गणना हुँदा भण्डारीले ८ सय ८८ मत पाएका छन् । भने नेकपा माओवादी केन्द्रका नरेन्द्रबहादुर कुँवर ५ सय ६५ मतसहित पछ्याइरहेका छन्।

यस्तै, प्रदेशसभामा पनि एमाले उम्मेदवारकै अग्रता छ। प्रदेशसभा (१) मा १ हजार ९ सय ७९ मतगणना हुँदा एमालेका सुरेन्द्र पालले ६ सय ५३ मत पाएका छन् । भने स्वतन्त्र उम्मेदवार हरि मोहन भण्डारीले ६ सय २३ मत पाएका छन्।

त्यस्तै, प्रदेशसभा (२) मा एमालेका लिलाधर भट्टले ६ सय ९ मत पाउँदा काँग्रेसका शिवराज भट्टले ३ सय ९९ मत प्राप्त गरेका छन् ।

यहाँ नेपाली काँग्रेसले माओवादीलाई साथ दिएको थियो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

50%

खुसी

50%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार