जुम्लामा राप्रपा उम्मेदवार ज्ञानेन्द्र शाही दोब्बर मतले अगाडि

जुम्लामा राप्रपा उम्मेदवार ज्ञानेन्द्र शाही

 जुम्लामा राप्रपा उम्मेदवार ज्ञानेन्द्र शाहीले फराकिलो मतले अग्रता लिएका छन् ।

प्रतिनिधिसभातर्फ दुई हजार ७१ मतगणना हुँदा राप्रपा उम्मेदवार शाहीले एक हजार २९० मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी धर्म स्वाँरले जानकारी दिए ।

गठबन्धनका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र)का गोमा गौतम (कुँवर)ले ५२२, नेकपा एमालेका रतननाथ योगीले १०१, नेमकिपाका डिल्लीप्रसाद काफ्लेले ५३ मत प्राप्त गरेका हुन् ।

गणना भएको उक्त मत संख्यामा १० मत स्वतन्त्रमा गएको छ भने ९५ मत बदर भएको सूचना अधिकारी स्वाँरले बताए ।

आइतबार सम्पन्न मतदानमा जुम्लामा ४४ हजार ६१४ मत खसेको थियो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार