चितवनका तीन क्षेत्रमा कसको अवस्था कस्तो ?

चितवन क्षेत्र नम्बर २

प्रतिनिधिसभामा तीनवटा निर्वाचन क्षेत्र रहेको चितवनमा तीनवटै क्षेत्रको मतगणना भइरहेको छ।

क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालले ६ हजार ७६ मतका साथ लिड गरिरहेका छन्। दोस्रोमा नेपाली कांग्रेसका डा. विश्वनाथ पौडेलले ५ हजार ८० मत प्राप्त गरेका छन् भने तेस्रोमा नेकपा एमालेका सुरेन्द्र पाण्डेले ४ हजार ५२३ मत ल्याएका छन्।

क्षेत्र नम्बर २ मा ९ हजार २७९ मतगणना हुँदा नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले ३ हजार २५४ मतसहित अग्रता लिएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनबाट कांग्रेस उम्मेदवार उमेश श्रेष्ठले २ हजार ७२६ मत प्राप्त गरेका छन्।

राष्ट्रि स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले २ हजार ७१७ मत प्राप्त गरेका छन् र तेस्रो स्थानमा छन्।

क्षेत्र नम्बर ३ मा राप्रपाका विक्रम पाण्डेले ३ हजार ६२३ मत ल्याएर पहिलो स्थानमा छन्। दोस्रोमा स्वतन्त्र पार्टीकी जीता बरालले ३ हजार २७४ मत ल्याएर पछ्याइरहेकी छन्। माओवादीका डा. भोजराज अधिकारीले ३  हजार २५१ मत ल्याएका छन्। माछा चिन्ह भएका कांग्रेसका बागी दिनेश कोइरालाले २ हजार ७६६ मत ल्याएका छन्।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार