अछाममा रावल र ओली टकराबको असर, एमालेको पक्षबाट टाढिँदै मत परिणाम

भीम-ओली टकराव

नेकपा एमालेका नेता भीम रावलको गृहजिल्ला अछामका दुवै क्षेत्रमा एमाले पछि परेको छ। दुवै क्षेत्रमा गठबन्धनका उम्मेदवारले करिब ३ हजार मतले लिड गरिरहेका छन्।

क्षेत्र नम्बर १ मा गठबन्धन उम्मेदवार नेकपा एकीकृत समाजवादीका शेरबहादुर कुँवरले ८ हजार ३१ मतसहित अग्रता कायम राखेका छन्। यहाँ एमालेका झपट बोहराले पाएको मत ४ हजार ८१५ छ। कुँवर र बोहराको मतान्तर ३ हजार २१६ छ।

यस्तै क्षेत्र नम्बर २ मा पनि एमाले करिब ३ हजार मतले पछि परेको छ। कांग्रेसका पुष्पबहादुर शाहले ७ हजार ४७८ मतसहित अग्रता कायम राखेका छन्। उनलाई पछ्याइरहेका निवर्तमान सांसद नेकपा एमालेका यज्ञबहादुर बोगटीले ४ हजार ७५७ मत पाएका छन्। दुवैको मतान्तर २ हजार ७२१ रहेको छ।

क्षेत्र नम्बर २ जितेमा यहाँ कांग्रेसले २३ वर्षपछि विजयोत्सव मनाउनेछ। २०५६ सालमा अछामका दुवै क्षेत्र जितेको कांग्रेसले त्यसयता कुनै निर्वाचनमा जित निकाल्न सकेको छैन। २०६४ को निर्वाचनमा अछाम १ मा माओवादी र २ मा एमालेले जितेको थियो। त्यसपछिका सबै निर्वाचनमा दुवै क्षेत्रबाट एमालेले जित्दै आएकोमा यसपटक ‘भीम रावल’ फ्याक्टरका कारण एमालेले यहाँका दुवै क्षेत्र गुमाउने सम्भावना रहेको छ।

जिल्लाबाट सर्वसम्मत सिफारिस भएका नेकपा एमालेका नेता रावललाई पन्छाएर अध्यक्ष केपी शर्मा ओलीले पूर्व माओवादी खेमाका झपट बोहरालाई टिकट दिएपछि अछामका स्थानीय नेताहरु असन्तुष्ट छन्। रावल स्वयं पनि मौन अवधि सुरु भएपछि मात्रै जिल्ला गएका थिए।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार