चितवनका तीनवटै क्षेत्रमा पछाडी परे प्रमुख दल

चितवन क्षेत्र नम्बर २

राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सभापति रवि लामिछानेले चितवन-२ मा अग्रता लिएसँगै जिल्लाका सबै तीन निर्वाचन क्षेत्रमा सत्तारूढ गठबन्धन र एमालेका उम्मेदवार पछाडी परेका छन् । हालसम्म सत्तारूढ गठबन्धनका उम्मेदवार चितवनका सबै निर्वचान क्षेत्रमा तेस्राे स्थानमा छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दुई क्षेत्रमा अगाडि र एक क्षेत्रमा दाेस्राे स्थानमा छन् ।

चितवन-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल ६ हजार ३६७ मतका साथ अगाडि छन् । त्यहाँ एमालेका उम्मेदवार सुरेन्द्र पाण्डेकाे पाँच हजार ३९९ र सत्तारूढ गठबन्धनबाट नेपाली कांग्रेसका विश्वनाथ पाैडेलकाे पाँच हजार २९५ मत छ ।

चितवन-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सभापति रवि लामिछानेले चार हजार सात मतले अग्रता लिँदा एमालेका कृष्णभक्त पाेखरेलले तीन हजार ८७९ मत ल्याएका छन् । सत्तारूढ गठबन्धनबाट कांग्रेसका उम्मेद्वार रहेका उमेश श्रेष्ठकाे तीन हजार ४१० मत आएकाे छ । चितवन-२ मा कालिका नगरपालिकाकाे मत गणना सुरू भएपछि रवि लामिछाने फराकिलाे मतान्तरतर्फ अग्रसर भएका छन् ।

चितवन-३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका विक्रम पाण्डे चार हजार ७७० मत ल्याएर अगाडि छन् । दास्राे स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीकी जिता बराल छन् । उनकाे तीन हजार ९७७ मत आएकाे छ । सत्तारूढ गठबन्धनबाट उम्मेद्वार रहेका माओवादी केन्द्रका डा.भाेजराज अधिकारीकाे तीन हजार ८२५ मत छ । एमालेले समर्थन गरेकाे स्वतन्त्र उम्मेद्वार दिनेश काेइरलाकाे तीन हजार १७३ मत छ । कांग्रेस केन्द्रीय सदस्य रहेका काेइरला पार्टी निर्णय विरूद्ध उम्मेदवार भएका हुन् । स्वतन्त्र उठेका कांग्रेसका अर्का पुराना नेता जगन्नाथ पाैडेलकाे ११७ मत आएकाे छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार