चितवन २ मा रवि लामिछाने २५ सय भन्दा धेरै मतले अगाडि

चितवन क्षेत्र नम्बर २

चितवनको क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले अग्रता बढाउँदै लैजानुभएको छ ।

रवि लामिछानेले ७ हजार ५ सय २१ मतसहित अग्रता बनाउनुभएको छ । एमालेका कृष्णभक्त पोखरेलको ४ हजार ९ सय ९९ र नेपाली कांग्रेसका उमेश श्रेष्ठको ४ हजार ६ सय ९४ मत आएको छ ।

यस्तै चितवन ३ मा भने राष्ट्रिय प्रजातन्त्र पार्टीका विक्रम पाण्डेले अग्रता बनाउनुभएको छ । पाण्डेले ७ हजार ४ सय ६१ मत ल्याउनुभएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी जिता बरालले ५ हजार ८ सय ६ र माओवादी केन्द्रको तर्फबाट डाक्टर भोजराज अधिकारीले ५ हजार ३ सय १० मत ल्याउनुभएको छ । एमालेको समेत समर्थन पाएका स्वतन्त्र उम्मेदवार ३ हजार ९ सय ९ मत ल्याउनुभएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार