ललितपुर ३ मा स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्की निर्वाचित

ललितपुर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्की निर्वाचित भएकी छन् । एमालेका अमृत खड्कालाई पराजित गर्दै रास्वपाकी कार्की प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी हुन् ।

प्रतिनिधिसभा सदस्यमा निर्वाचित कार्कीले १४ हजार २०८ मत पाइन् । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका खड्काले ८ हजार २२३ मत पाए । 

तेस्रो भएकी बहालवाला ऊर्जामन्त्री तथा माओवादी केन्द्रकी उपमहासचिव पम्फा भुसालले ५ हजार ४५६ मत पाइन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार