SKIP THIS

S.P.A  Collage

कैलाली ४ मा १७ हजार मत गन्न बाँकी

कैलाली क्षेत्र नम्बर ४ मा बलायर अगाडी कैलाली ४ मा १७ हजार मत गन्न बाँकी

कैलाली क्षेत्र नम्बर ४ मा प्रतिनिधि सभा तर्फ ४६ हजार ३१७ मत गणना सकिएको छ ।

कैलाली क्षेत्र नम्बर ४ को निर्वाचन कार्यालयले दिएको विवरण अनुसार पछिल्लो मत परिणाम अनुसार गठबन्धका तर्फबाट प्रतिनिधि सभाका उम्मेदवार बनेका नेपाली कांग्रेसका वीर बहादुर बलायरले १९ हजार १७२ मतका साथ लिड गरिरहेका छन ।

उनका प्रतिस्पर्धी एमाले उम्मेदवार लेखराज भट्टले १६ हजार ९०२ मत पाएका छन । दुवै बीचको मतान्तर २ हजार २७० रहको छ ।

प्रतिनिधि सभा तर्फ मोहन्याल ५, चुरे १, २, ३, ४, ५, ६, गोदावरी नगरपालिका १,२, ३,४,५, ७, ८, ९, गौरीगंगा १, २, ३, ४, ५, ६ र ७ को मतगणना गर्दा बलायरले १७ हजार ३ सय ३० मत पाएका छन । भट्टले १५ हजार ५ सय ३८ मत पाएका छन ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

67%

खुसी

0%

दुःखी

0%

अचम्मित

33%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार