कञ्चनपुर २ (१) मा माओवादीका भाट निर्वाचित

कञ्चनपुर २ (१) मा माओवादीका भाट निर्वाचित

प्रदेशसभातर्फ कञ्चनपुर क्षेत्र नम्बर २ (१) मा माओवादी केन्द्रका ओम विक्रम भाट विजयी भएका छन् । निकटतम् प्रतिस्पर्धी एमालेका बचन बहादुर सिंहलाई ४७५ मत अन्तरले पराजित गर्दै भाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् ।

निर्वाचन अधिकृतको कार्यालयले भने विजयी घोषणा गरेको छैन । भाटले १० हजार ९२५ मत पाए भने सिंहले १० हजार ४५० मत पाए ।

५४ हजार ६८८ मतदाता रहेको क्षेत्र नम्बर २ (१) मा ३३ हजार ८९० मत खसेको थियो । जसमध्ये २ हजार २२१ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रदेश तथा प्रतिनिधिसभाको प्रत्यक्षतर्फका मतहरु समानुपातिकको मतपेटिका पनि गएको हुन सक्ने आशंका भएकाले समानुपातिकको मत गणनापछि मात्रै विजयी घोषणा गरिने क्षेत्र नम्बर २ का निर्वाचन अधिकृत मोहनी प्रसाद जोशीले बताए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार